• २०८१ बैशाख १२ बुधबार

अन्टार्कटिकामा लन्डन सहर जत्तिकै ठूलो हिउको भाग अलग्गियो !

kharibot

काठमाडौँ । अन्टार्कटिकाको एउटा बरफको सेल्फ फुटेको छ । यो घटना अन्टार्कटिकास्थित बेलायतको ह्याली रिसर्च स्टेशन नजिकै भएको हो । नेशनल ज्योग्राफिकको रिपोर्ट अनुसार हिमशिला फुट्ने यो प्रक्रियालाई गुफा भनिन्छ । बेलायतको लन्डन सहर जत्तिकै ठूलो हिउको भाग अलग्गिएको छ । 

रिपोर्टका अनुसार विशाल बरफको आकार १,५५० वर्ग किलोमिटर रहेको छ । यो १५० मिटर बाक्लो बरफको सेल्फ भत्किएपछि टुक्रिएको थियो । यद्यपि, यो घटना जलवायु परिवर्तनसँग जोडिएको छैन ।

ब्रिटिस अन्टार्कटिक सर्भे (बीएएस) का अनुसार वैज्ञानिकहरूले यस घटनाको पहिल्यै अनुमान गरेका थिए । यो के हुन्छ जब बरफ धेरै बाक्लो हुन्छ तब यो अलग्गिने गरेको बासले जनाएको छ । बास (BAS) ले अन्टार्कटिकामा बरफको अवस्थालाई निगरानी गर्दछ ।

अन्टार्कटिकामा हिउँ फुटेको घटना, अहिले मानवलाई कुनै क्षति भएको छैन ।

बीएएस ग्लेसियोलोजिस्ट डोमिनिक होजसनले अन्टार्कटिकाको यस भागमा गुफाको घटना पछिल्लो दुई वर्षमा दोस्रो पटक भएको बताए । यसअघि सन् २०२१ को फेब्रुअरीमा १,२७० वर्ग किलोमिटरको बरफको भाग १५० मिटर बाक्लो हिउँको चट्टानबाट फुटेको थियो । यसलाई ए ७४ नाम दिइएको थियो ।

बासले नयाँ आइसबर्ग ए७४ भन्दा ठुलो हुनसक्ने बताएको छ र यो ए ७४ प्रवाह भएको दिशामै बग्ने बताएको छ । नयाँ बरफको भागलाई अहिलेसम्म कुनै नाम दिइएको छैन । चाँडै नै अमेरिकाको नेशनल आइस सेन्टरले यसको नाम जारी गर्ने बताइएको छ ।

वैज्ञानिकहरूले दशकौंदेखि अन्टार्कटिकामा जमेको बरफमा दरारहरू देखिरहेका छन् । २०२१ भन्दा पहिले, १९७१ मा विशाल बरफको भाग अलग हुने घटना भएको थियो । अन्टार्कटिकाको हिउँमा के-कस्ता परिवर्तनहरू आउँदैछन्, त्यसको अनुगमन भइरहेको बीएएसले विज्ञप्तिमार्फत जनाएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासालगायत विश्वका धेरै उपग्रहको सहयोगमा उनीहरुको विश्लेषण भइरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै