• २०८१ बैशाख ७ शुक्रबार

दीपकराज गिरीको स्ट्याटसमा बालेनको कमेन्ट- बालेनहरु भनेको कति जना हो ?

kharibot

काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा गर्ने गरेको टिप्पणी अहिले चर्चामा रहेका छन् ।

केहि दिनअघि चलचित्र निर्देशक विशाल भण्डारीसँग सामाजिक सञ्जालमा भिडेका बालेनले आज फेरि हाँस्य कलाकार दीपकराज गिरीको स्ट्याटसमा कमेन्ट गरेर चर्चामा आएका छन् ।

दीपकराज गिरीले फेसबुकमा लेखेका थिए- 'हामीले कांग्रेस, एमाले र माओवादीलाई विश्वास गर्यौं । अब रवि, बालेनहरु आएका छन् । उनीहरुलाई कमसेकम ५ वर्ष त विश्वास गरौं ।’

यो स्टाटसमा बालेनले कमेन्ट गर्दै लेखेका छन्, ‘बालेनहरु भनेको कति जना हो ? बालेन जस्तै अरु पनि २, ३ जना छन् ? छन् भने किन ५ वर्ष कुर्नु ?’

बालेनको कमेन्टको फेसबुकमा आलोचना भएको छ । कतिपयले केहि दिन अघि डा. सुन्दुक रुइतले दिएको सुझाव पालना नगरेको समेत उल्लेख गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै