• २०८१ बैशाख ८ शनिबार

ट्वीटरले तिरेन घरभाडा !

kharibot

काठमाडौँ । अर्बपति व्यवसायी एलन मस्क माइक्रो ब्लगिङ प्लेटफर्म ट्विटरका कारण फेरि चर्चामा छन् ।

मिडिया रिपोर्टका अनुसार ट्वीटरले अमेरिका र बेलायतमा रहेको आफ्नो कार्यालयको भाडा तिरेको छैन, जसका कारण ट्विटरविरुद्ध कानुनी कारबाही सुरु भएको छ ।

ट्वीटरले अमेरिकाको सान फ्रान्सिस्कोको मुख्यालयका लागि हरेक महिना करिब ३.४ मिलियन डलर भाडा तिर्नुपर्ने हुन्छ तर ट्विटरले डिसेम्बर र जनवरी दुवै महिनाको भाडा तिरेको छैन ।

सान फ्रान्सिस्कोमा ट्विटरको मुख्यालयको स्वामित्वमा रहेको कम्पनी श्री नाइन मार्केट स्क्वायरले ट्वीटरविरुद्ध कानुनी कारबाही सुरु गरेको बताएको छ । दुई महिनादेखि भाडा पाएको छैन । सेक्युरिटी रकमका रुपमा ट्विटरबाट लिएको लेटर अफ क्रेडिटबाट एक महिनाको भाडा रकम प्राप्त भए पनि ३.४ मिलियन डलर भाडा बाँकी रहेको बताइएको छ ।

लन्डनको क्राउन एस्टेटले पनि कानूनी कारबाही सुरु गरेको छ, जहाँ पिकाडिली सर्कस नजिकैको ट्विटरको कार्यालयले दुई महिनादेखि भाडा पाएको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै