• २०८१ बैशाख ७ शुक्रबार

आत्मदाह गरेका प्रेम आचार्यले उठाएका विषयबारे अध्ययन गर्ने सरकारको निर्णय

kharibot

काठमाडौं । संसद् भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयहरूको सरकारले अध्ययन गरेर छानबिन गर्ने भएको छ । 

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले आचार्यको आत्मदाह र उनले उठाएको विषयमा अध्ययन गरेर छानबिन गर्ने निर्णय गरेको हो ।

छानबिनको जिम्मा गृहमन्त्रालयलाई दिइएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिएका छन् ।

गृहमन्त्रालयले छानबिन गरेर आवश्यक कदम चाल्ने उनले बताए । उनले छानबिनबाट आएका निष्कर्षमाथि आवश्यक कारबाही सुरु गरिने बताए ।

मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफ्नै शरीरमा आगो लगाउने इलामका प्रेमप्रसाद आचार्यको उपचारको क्रममा बुधबार बिहान ५ बजे मृत्यु भएको थियो ।

आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले तत्काल उद्धार गरी कीर्तिपुरस्थित अस्पताल पुर्‍याएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै