• २०८१ बैशाख ८ शनिबार

ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्ट सुचारु हुदै

kharibot

काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्ट सुचारु हुने भएको छ । मेटाले ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्ट आगामी हप्ताहरूमा पुनर्स्थापित हुने जनाएको छ ।

२०२१ को जनवरी ६ मा, क्यापिटल हिल दंगा पछि, मेटाले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट निलम्बन गरेको थियो । मिडिया रिपोर्टका अनुसार सोसल मिडिया कम्पनीले एक ब्लग पोस्टमा विवादास्पद पोस्टबाट बच्न नयाँ नियम बनाएको बताएको छ । ट्रम्पले फेसबुक र इन्स्टाग्राम राजनीतिक पहुँच र कोष जुटाउने प्रमुख साधन भएको बताएका छन् ।

यसअघि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प सामाजिक सञ्जाल फेसबुकमा फर्किन चाहेको खबर आएको थियो । ट्रम्पले हामी मेटासँग वार्तामा रहेको बताउदै उनीहरूलाई हामीलाई चाहिएको भन्दा बढी चाहिएको बताएका थिए । 

फेसबुकले दुई वर्षअघि डोनाल्ड ट्रम्पमाथि प्रतिबन्ध लगाएको थियो ।

जनवरी ६, २०२१ मा अमेरिकी संसदमा भएको आक्रमणपछि डोनाल्ड ट्रम्पलाई फेसबुकले प्रतिबन्ध लगाएको थियो । ट्रम्पले आफ्नो पोस्टमा २०२० को राष्ट्रपति चुनावमा ठूलो मतदान धाँधली भएको उल्लेख गरेलगत्तै फेसबुकले हिंसा भड्काएको आरोपमा ट्रम्पको खातामा प्रतिबन्ध लगाएको थियो ।

ट्विटरले पनि ट्रम्पलाई प्रतिबन्ध लगाएको थियो तर, एलन मस्कले ट्विटर किनेपछि ट्रम्पको खाता पुनः सुरु भइसकेको छ । यद्यपि ट्रम्पले अहिलेसम्म आफ्नो ट्वीटर एकाउन्ट प्रयोग भने गरेका छैनन् ।

सबै सामाजिक सञ्जालबाट प्रतिबन्धित भएपछि ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसल खोलेका थिए । अहिले उनी ट्रुथ सोसलनै प्रयोग गरिरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै