• २०८१ बैशाख १३ बिहीबार

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

kharibot

काठमाडौँ । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ ।

बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ पुगेको छ । गत मंगलबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको थियो । त्यसदिन सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ पुगेको थियो ।

बुधबार भने तोलामा १०० रुपैयाँले घटेको थियो । बिहीबार अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रुपैयाँ बढेर सुनकाे मूल्यले नयाँ रेकर्ड राखेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँमा किनबेच भइरहेको छ ।  बुधबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।  बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो। बिहीबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै