• २०८१ बैशाख ८ शनिबार

पठानको बक्सअफिसमा नयाँ किर्तिमान, पहिलो दिन कति कमायो ?

kharibot

काठमाडौँ । बलिवुडका किङ खान शाहरुख खानको फिल्म पठानले रिलिजको पहिलो दिननै नयाँ इतिहास बनाएको छ ।

शाहरुख खानको पठानले रिलिजको पहिलो दिन नै अहिलेसम्म सबै भन्दा धेरै कमाई गर्ने बलिवुडको फिल्म बनेर नयाँ किर्तिमान बनाएको हो ।

पठानले पहिलो दिन भारतमा ५५ करोडको कमाई गरेको छ । बलिवुडका फिल्म विश्लेषक तरण आदर्शले यो अहिलेसम्म कुनै पनि हिन्दी फिल्मले रिलिजको पहिलो दिन कमाई गरेको सबैभन्दा धेरै भएको बताएका छन् ।

यसअघि यश अभिनिती फिल्म केजीएफ-२ ले रिलिजको पहिलो दिन ५३.९५ करोड कमाई गरेको थियो भने ऋतिक रोशन र टाइगर सराफको फिल्म वारले पहिलो दिन ५१.६० करोड कमाई गरेको थियो । त्यस्तै आमिर खानको फिल्म ठग्स अफ हिन्दुस्तानले ५०.७५ करोड कमाई गरेको थियो ।  

यसअघि शाहरुख खानका धेरै फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । उनी चार वर्षको ब्रेकपछि उनको फिल्मलाई लिएर उनका फ्यानमा निकै उत्साह छ र त्यसको झलक सिनेमा घरमा देखिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । फिल्मले रिलिजको दोस्रो दिन आज पनि आक्रामक कमाई गर्ने बताइएको छ ।

यस फिल्ममा शाहरुखसँगै निकै चर्चित कलाकार दीपिका पादुकोण र जोन अब्राहम रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै