• २०८१ बैशाख ११ मंगलबार

प्रेम आचार्यले उठाएका विषय अध्ययन गर्न समिति गठन

kharibot

काठमाडौं । गृह मन्त्रालयले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे अध्ययन गर्न छानबिन समिति गठन गरेको छ ।

बिहीबार गृहमन्त्रायका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिमा अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सदस्य रहने मन्त्रालयले जनाएको छ । 

समितिले आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा छानबिन गरी प्रतिवेदन तयार पार्ने र सरकारले गर्नुपर्ने कामबारे पनि समितिले सुझाव दिनेछ ।

यसअघि सरकारले बुधबार आचार्यले उठाएका विषयको अध्ययन गर्ने निर्णय गरेको थियो ।

आचार्यले मंगलबार संसद भवन अगाडी आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । त्यसपछि प्रहरीले उनको उद्धार गरि किर्तिपुर अस्पतालमा पुर्याएपनि उपचारको क्रममा बुधबार बिहान निधन भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै