• २०८१ बैशाख ४ मंगलबार

प्रेम आचार्यले नाम लिएकाहरुविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर

kharibot

काठमाडौं । प्रेमप्रसाद आचार्यले आफूले आत्मदाह गर्नुको कारणबारे उल्लेख गरेका व्यक्तिहरुविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दायर भएको छ ।

अधिवक्ता स्वागत नेपालसहितको टोलीले विहिबार जिल्ला प्रहरी परिसर टेकु पुगेर आत्महत्या दुरुत्साहनको मुद्धा दायर गरेका हुन् ।

प्रेम आचार्यले सामाजिक आत्मदाह गर्नु अघि सामाजिक सञ्जालमा उल्लेख गरेका सबै व्यक्ति तथा संस्थाविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दर्ता गरिएको अधिवक्ता नेपालले जानकारी दिएका छन् ।

यसैबीच गृह मन्त्रालयले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयबारे अध्ययन गर्न छानबिन समिति गठन गरेको छ ।

बिहीबार गृहमन्त्रायका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिमा अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सदस्य रहने मन्त्रालयले जनाएको छ । 

समितिले आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा छानबिन गरी प्रतिवेदन तयार पार्ने र सरकारले गर्नुपर्ने कामबारे पनि समितिले सुझाव दिनेछ ।

यसअघि सरकारले बुधबार आचार्यले उठाएका विषयको अध्ययन गर्ने निर्णय गरेको थियो ।

आचार्यले मंगलबार संसद भवन अगाडी आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । त्यसपछि प्रहरीले उनको उद्धार गरि किर्तिपुर अस्पतालमा पुर्याएपनि उपचारको क्रममा बुधबार बिहान निधन भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै