• २०८१ बैशाख ८ शनिबार

शाकिरासँग ब्रेकअप पछि पिकेले सार्बजनिक गरे नयाँ प्रेमिका !

kharibot

काठमाडौँ । स्पेनिस फुटबलर जेरार्ड पिकेले आफ्नी नयाँ प्रेमिका सार्बजनिक गरेका छन् ।

चर्चित कोलम्बियन गायिका शकिरासँगको ब्रेकअपपछि पिकेले आफु भन्दा १२ बर्ष कम उमेरकी क्लारा चिया मार्कसँगको एक तस्वीर सामाजिक सञ्जालमा सार्बजनिक गरेका हुन् ।

यस अघिनै पिकेको क्लारासँग सम्बन्ध रहेको विषय मिडियामा आएपनि यसको अहिले आएर पुष्टि गरेका हुन् ।

पिके र शाकिराले करिब १२ बर्षको आफ्नो सम्बन्धलाई एक बर्षअघि देखिनै टुंगाएपनि केहि महिनाअघि औपचारिक रुपमा अलग भएका थिए । पिके र जेरार्डका दुई छोरा रहेका छन् ।

हालै शाकिराले पिकेसँग ब्रेकअफ भएपछि एक गीत निकाल्दै उनलाई ट्रोल गरेकी थिइन् ।

शाकिराले आफ्नो गीतमा पिके र क्लाराको सम्बन्धलाई व्यंग्य गरेकी थिइन् । उनले गीतमा फेरारीसँग ट्वीङगोको व्यापार गरेको, क्यासिओ ब्रान्डको लागि रोलेक्सलाई छोडेको जस्ता शब्दको प्रयोग गरेकी थिइन् । शाकिराको सो गीतले युट्युबमा नयाँ रेकर्ड समेत राखेको थियो । शाकिराको जवाफमा पिकेले आफ्नो किंग्स लिगमा ट्वीङगोसँग साझेदारी गरेका थिए भने क्यासिओ ब्राण्डको घडी लगाउदै क्यासियो जीवनभर टिक्ने उल्लेख गरेका थिए ।

फुटबलबाट सन्यास लिएपछि पिके अब आफ्नै नयाँ बिजिनेसमा लागेका छन् । उनी हाल सेभेन साइड प्रोजेक्ट किंग्स लिगमा साझेदारी गरेका छन् । यस लिगमा स्पेनका पुर्ब खेलाडी र स्पेनिस इन्फ्लुयन्सर सहभागी हुने गर्दछन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै