• २०८१ बैशाख १३ बिहीबार

आर्थिक परिसूचकहरू चिन्ताजनक अवस्थामै छन्- प्रधानमन्त्री प्रचण्ड

kharibot

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र चिन्ताजनक अवस्थामा रहेको बताएका छन् । 

बिहीबार मारवाडी सेवा समाजको ७०औँ साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्र चिन्ताजनक रहेको बताए ।

उनले भने- 'अहिले हामी विशिष्ट अवस्थामा छौँ । आर्थिक रूपले परिसूचकहरू त्यति राम्रो छैन । चिन्ताजनक छन् ।' उनले यस्तो अवस्थामा आफूलाई अर्थतन्त्र चलायमान र गतिशील बनाउने चुनौती पनि रहेको स्वीकार गरे ।

सरकारको पहिलो बैठकमा नै आफूले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत आर्थिक क्षेत्रमा देखा परेका समस्या समाधान गर्ने दिशा निर्देश गरेको भन्दै उनले मारवाडी सेवा समाजले निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले ३ सय शय्याको अस्पताल बनाउने कुरा राखेको र त्यसका लागि सरकारको तर्फबाट आवश्यक जग्गा उपलब्ध गराउने पहलसमेत आफूले गर्ने प्रतिबद्धता जनाए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै