• २०८१ बैशाख ८ शनिबार

रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनलमा

kharibot

काठमाडौँ । रियल म्याड्रिड कोपा डेल रे को सेमिफाइनलमा पुगेको छ । 

गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडलाई ३-१ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिड कोपा डेल रे को सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले १-१ गोल गरेपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको खेलमा रियल म्याड्रिडले थप २ गोल गरेको थियो ।

रियल म्याड्रिडको लागि रोड्रीगो, करिम बेन्जमा र भिनिसियस जुनियरले एक एक गोल गरेका थिए ।

त्यस्तै एटलेटिको म्याड्रिडका लागि अल्भारो मोराटाले एक गोल गरेका थिए ।

यस खेलको ९९औं मिनेटमा स्टेफान साभिकले रातो कार्ड पाएपछि एटलेटिको १० खेलाडीमा सिमित भएको थियो ।

त्यस्तै गएराती नै भएको अर्को खेलमा एथलेटिक बिल्बाओले भलेन्सियालाई ३-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।

योसँगै कोप डेल रे को सेमिफाइनलको समीकरण पुरा भएको छ । अब सेमिफाइनलमा बार्सिलोना, ओसासुना, रियल म्याड्रिड र एथलेटिक बिल्बाओ पुगेका छन् । सेमिफाइनलको ड्र जनवरी ३० मा हुने छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै