• २०८१ बैशाख १२ बुधबार

सर्वोच्चको फैसलापछि रवि लामिछानेको सांसद पद बदर

kharibot

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछाने सांसद बन्न अयोग्य रहेको फैसला गरेपछि उनको मन्त्रीसहित पार्टी अध्यक्षको पद समेत गुमेको छ ।

संबैधानिक इजलासले शुक्रबार लामिछानेको नागरिकताको विषयमा फैसला गर्दै लामिछाने सांसद उम्मेदवार बन्न योग्य नभएको फैसला सुनाएको हो ।

सर्वोच्चको आदेशमा नेपालको संबिधान र नागरिकता ऐन अनुसार लामिछानेले प्रक्रिया नपुर्याएको देखिएकोले उनको उम्मेदवार बन्ने योग्यता नपुगेको उल्लेख गरिएको छ । यो फैसलासँगै रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री तथा सांसद पद खारेज भएको छ । त्यस्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्न समेत अयोग्य भएका छन् ।

लामिछानेले मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्दै चुनाव जितेका थिए । अब सर्वोच्चको फैसलासँगै चितवन-२ को सांसद सीट खाली भएको छ । 

सर्वोच्चको संबैधानिक इजलासमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेका थिए ।

अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए । नेपाली नागरिकता नलिइ राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको थियो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै