• २०८१ बैशाख ११ मंगलबार

मानसिक तनाव कम गर्न दैनिक कति सुत्नुपर्छ ?

kharibot

काठमाडौँ । अहिले कोरोना महामारी र लामो समयसम्म भएको लकडाउनका कारण आत्महत्या गर्नेको संख्या बढेको छ ।  अस्तव्यस्त दैनिकी, बन्द भएको काम र आर्थिक अभावका कारण मानसिक स्वास्थ्य ब्रिगेका घटना प्रशस्त देखिएका छन् ।

नियमति जीवनशैलीमा अचानक महामारीले ल्याएको परिवर्तन र त्यसमा समायोजन गर्न नसक्दा मानसिक तनावबाट विश्वका धेरै मानिस गुज्रेको बुझ्न सकिन्छ ।  

अहिले कोरोना महामारीले नयाँ परिस्थति सिर्जना भएको भएपनि आम रुपमा अहिले बढ्दै गएको इन्टरनेटको प्रयोग र व्यस्त जीवनशैलीले पनि हाम्रो मानसिक स्वास्थ्यमा व्यापक असर गरेको देखिन्छ ।  इन्टरनेटको बढी प्रयोगका कारण मानिसहरुको मानसिक स्वास्थ्यमा परेको असरका कारण विश्वमा इन्टरनेट फास्टिङको अवधारणा समेत आइसकेको छ । अझ बालबालिकामा त इन्टरनेटको असर थाहानपाइकन नै डरलाग्दो बनिसकेको छ ।

जब कुनै कुरा अति नै भएपछि त्यसको नियन्त्रण भन्दा बाहिर जान्छ र शारिरीक अस्वस्थता भएको बताइन्छ ।

मानसिक रुपमा अस्वस्थ्य हुनुका प्रमुख लक्ष्णहरु, एक्कासी आखाँमा छाया पर्नु, मुटुको धड्कन बढ्नु, श्वासप्रश्वासको गति तिव्र हुनुलाई मान्न सकिन्छ । 

यस्ता कतिपय अबस्थामा मानिसहरुलाई हृदयघात हो कि भन्ने भ्रम हुन्छ, तर पेनिक अट्याकको कारण पनि यस्तो समस्या देखिन्छ । अति व्यस्त र तनावपूर्ण जीवनशैलीले गर्दा पनि  अहिले २५—४० उमेरसमूहका कामकाजी व्यक्तिहरुमा पनि यसका लक्ष्यणहरु देखिन्छ । 

अचानक कुनै कुराको मनमा डर पस्नु, लामो समयसम्म तनावग्रस्त रहने अथवा अत्यन्तै असहज हुन स्थितीलाई प्यानीक अट्याक भएको मानिन्छ । जुन परिस्थिती विषेशमा मुटुको धड्कनलाई असामान्य बनाइदिन्छ । यसको असर कहिले सामानय हुन्छ त कहिले निकै पेनिक डिसअर्डर या होसल फोबियाको रुप लिन्छ, जो एञ्जाएटी डिसअर्डरको नै एक रुप हो । यस्तो भएका बेलामा रक्त सञ्चार मा तलमाथि हुन्छ, शरिर काप्ने समस्या देखिन्छ । 

त्यस्तै दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनावको समस्या देखिएको एक अध्ययनले देखाएको छ । 

अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको थियो । 

सुत्ने समयावधि र मानसिक अवस्था बीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्नेमा बढी मानसिक समस्या र चिन्ता देखिएको सो अध्ययनमा पत्ता लागेको हो । विश्वविद्यालयले अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा बढी सुत्ने मानिसमा भन्दा कम सुत्ने मानिसमा बढी नकारात्मक सोचाई पाइएको पनि उल्लेख गरेको छ । 

आठ घण्टा भन्दा कम सुत्ने मानिसहरुमा चिन्ता, कुन्ठा, तनाव र निराशा धेरै आउने गरेको सो विश्वविद्यालयद्वारा प्रकाशित मेडिकल जर्नलको पछिल्लो संस्करणमा छापिएको समाचारमा जनाइएको छ । 

त्यसैगरी सो अनुसन्धानले सुत्ने समयमा अनियमितता भएका मानिसहरुलाई ध्यान एकत्रित गर्न निकै गाह्रो हुने गरेको पाइएको पनि बताएका छन् । सुताई नपुगेका मानिसहरुमा आउने नकारात्मक सोचाईका कारण ध्यान एकत्रित गर्न पनि गाह्रो हुने गरेको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ । 

अनियमित सुताई भएकाहरुमा नकारात्मक सोँचको विकास हुने गरेको र उनीहरुको जीवनमा नै नकारात्मक असर असर समेत पर्ने गरेको पाइएको छ । अनुसन्धानमा नकारात्मक सोँचका कारण उत्पन्न परिस्थितिले मानिसलाई तनावका साथै मानसिक असन्तुलनतर्फ समेत उन्मुख गराउनसक्ने खतरा देखिएको छ । 

अनुसन्धानकर्ताहरुले मानसिक तनाव र चिन्ता कम गर्न नियमित रुपमा र दिनमा कम्तीमा आठ घन्टासम्म सुत्नुपर्ने सुझाव पनि दिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै