• २०८१ बैशाख १३ बिहीबार

टरिगाउँ विमानस्थलमा सीता एयरको परीक्षण उडान

kharibot

दाङ । सीता एयरले दाङको टरिगाउँ विमानस्थलमा परीक्षण उडान गरेको छ । नेपाल एयरलाइन्स कम्पनी १९ सिटे विमानले मात्रै सातामा चार दिन उडान भर्दै आएको दाङको टरिगाँउ विमानस्थलमा नियमित सेवा सुरु गर्ने उद्देश्यका साथ सीता एयरले परीक्षण उडान गरेको हो ।

सीताको १९ सिटे चार डोर्नियर जहाजले शुक्रबार सफल परीक्षण उडान गरेको र केही कागजी प्रक्रिया पूरा गरेर केही दिनभित्रै साताको १ देखी २ दाङ-काठमाडौं उडान गर्ने र यसलाई विस्तार गर्दै लैजाने सीता एयरले बताएको छ ।

सीता एयरले झन्डै १ दशक पहिले घाँसेमैदान छँदा नै टरिगाउँ विमानस्थलमा सेवा दिएको थियो । सीता एयरले पनि व्यावसायिक उडान सुरु गरे दाङ-काठमाडौं हवाई सेवा प्रयोग गर्ने यात्रुलाई भाडादर सस्तो पर्न जाने आशा गरिएको छ ।

२०११ सालदेखि सञ्चालनमा आएको दाङको टरिगाउँ विमानस्थलमा इन्धन डिपो स्थापना भएर सञ्चालनमा आइसकेको हुँदा अबका दिनमा अन्य निजी विमान कम्पनीहरुले पनि उडान भर्ने देखिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै