• २०८१ बैशाख ११ मंगलबार

भारतलाई न्यूजील्याण्डले २१ रनले हरायो

kharibot

काठमाडौँ । न्यूजील्याण्डले भारतविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ ।

शुक्रबार राति भारतको राचीमा सम्पन्न खेलमा न्यूजील्याण्डले भारतलाई २१ रनले पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको हो ।

न्यूजील्याण्डले दिएको १७७ रनको लक्ष्य पछाएको भारतले २० ओभरमा ९ विकेट गुमाउदै १५५ रन मात्र बनाएको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ६ विकेट गुमाउदै १७६ रन बनाएको थियो ।

यो जितपछि न्यूजील्याण्डले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । अब सिरिजको दोस्रो खेल आइतबार लखनउमा हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै