• २०८१ बैशाख ८ शनिबार

भारतीय वायुसेनाका दुई लडाकु विमान दुर्घटनाग्रस्त

kharibot

काठमाडौँ । भारतीय वायुसेनाका दुई लडाकु विमान दुर्घटनामा परेका छन् । शनिबार विहान भारतीय वायुसेनाका दुई लडाकु विमान सुखोई–३० र मिराज–२००० विमान आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

मिरजमा दुई र सुखोईमा एक जना पाइलट थिए । तीमध्ये एक पाइलटको मृत्यु भएको छ । तर, वायुसेनाले मृत्युको पुष्टि गरेको छैन । यो पाइलट कुन विमानको हो भन्ने अझै खुल्न सकेको छैन । वायुसेनाले दुवै नियमित प्रशिक्षणको लागि उडेको बताएको छ ।

दुवै विमान ठोक्किएपछि एउटा विमान मध्य प्रदेशको मोरेनाको पहाडगढमा र अर्को राजस्थानको भरतपुरको पिङगोरामा दुर्घटना भएको बताइएको छ ।

दुर्घटनामा परेका दुबै लडाकु विमान ग्वालियर एयरबेसबाट उडेका थिए।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै