• २०८१ बैशाख ११ मंगलबार

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा अर्याल

kharibot

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ । 

शुक्रबार सर्वोच्च अदालतको आदेशबाट अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पदमुक्त भएपछि पार्टीको आकस्मिक बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो । हाल पार्टीका उपसभापतिसमेत रहेका मन्त्री अर्याललाई कार्यवाहक सभापतिको जिम्मा दिने निर्णय भएको पार्टीका नेता एवं प्रवक्ता डा मुकुल ढकालले जानकारी दिए ।

कार्यवाहक सभापति बनेकाअर्याल पार्टीका समानुपातिक सांसद छन् । बैठकमा कानुनी प्रक्रिया पूरा गरेर रविलाई पार्टी सभापतिमा फर्काउने विषयमा पनि छलफल भएको प्रवक्ता डा ढकालले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै