• २०८१ बैशाख ७ शुक्रबार

विश्वभर पठानको कमाई तीन सय करोड नाघ्यो

kharibot

काठमाडौँ । बलिवुडको फिल्म पठानले तेस्रो दिनपनि कीर्तिमानी कमाई जारी रहेको छ । 

रिलिजको तीन दिनमा पठानले विश्वभर ३१३ करोड भारु कमाई गरेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शको रिपोर्ट अनुसार फिल्मले शुक्रबार भारतमा ३८ करोड कमाइ गरेको छ ।  भारतमा फिल्मलेहिन्दी भाषामा तीन दिनमा १६१ करोड कमाइ गरेको छ ।

त्यस्तै सबै भाषामा फिल्मले तीन दिनमा भारतमा २०१ करोडको कमाइ गरेको छ भने भारत बाहिर ११२ करोड कमाई गरेको छ । आदर्शका अनुसार विश्वभर पठानले तीन दिनमा ३१३ करोड कमाएको छ ।

यसअघि शाहरुख खानका धेरै फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । उनी चार वर्षको ब्रेकपछि उनको फिल्मलाई लिएर उनका फ्यानमा निकै उत्साह छ र त्यसको झलक सिनेमा घरमा देखिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । फिल्मले रिलिजको दोस्रो दिन आज पनि आक्रामक कमाई गर्ने बताइएको छ ।

यस फिल्ममा शाहरुखसँगै निकै चर्चित कलाकार दीपिका पादुकोण र जोन अब्राहम रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै