• २०८१ बैशाख ७ शुक्रबार

साबालेन्काले जितिन् अस्ट्रेलियन ओपनको उपाधि

kharibot

काठमाडौँ । अस्ट्रेलियन ओपनको महिला सिंगलको उपाधि बेलारुसकी आरिना साबालेन्काले जितेकी छन् ।

शनिबार सम्पन्न फाइनल खेलमा साबालेन्काले कजाकिस्तानकी एलेना रिवाकिनालाई ४-६, ६-३ र ६-४ को सेटमा पराजति गरेकी हुन् ।

२४ बर्षिय साबालेन्काको यो पहिलो ग्राण्ड स्लाम उपाधि हो ।

हाल विश्व वरियतामा दोस्रो स्थानमा रहेकी साबालेन्का यस अघि युएस ओपनमा दुई पटक र विम्बल्डनमा एक पटक सेमिफाइनलमा पराजित भएकी थिइन् । डबल तर्फ भने उनले यसअघि २०२१ मा अस्ट्रेलियन ओपन र २०१९ मा युएस ओपन डबलको उपाधि जितेकी थिइन् ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै