• २०८१ बैशाख ४ मंगलबार

बसको ठक्करबाट स्याङ्जामा एक जनाको मृत्यु

kharibot

स्याङ्जा । पुतलीबजार नगरपालिका-११ करेन्डाडाँमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

घरबाट बाहिर निस्किएका ७२ वर्षीय यमबहादुर जिटीको बसको ठक्करबाट घटनास्थलमा मृत्यु भएको प्रहरी निरीक्षक पदम थापाले बताए । 

सुनौलीबाट स्याङ्जा आउँदैगरेको ना४ख ३८२८ नम्बरको बसले उनलाई आफ्नै घर नजिकै ठक्कर दिएको हो । प्रहरीले सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको छ । 

शव जिल्ला अस्पताल स्याङ्जामा राखिएको छ । दुर्घटनापछि आक्रोसित परिवार र स्थानीयले चार घण्टा सिद्धार्थ राजमार्ग अवरुद्ध गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै