• २०८१ बैशाख १४ शुक्रबार

अष्ट्रेलियामा हरायो रेडियोएक्टिभ क्याप्सुल

kharibot

काठमाडौँ । अस्ट्रेलियामा रेडियोएक्टिभ पदार्थले भरिएको एउटा सानो क्याप्सुल बेपत्ता भएको छ ।

अष्ट्रेलियामा रेडियोएक्टिभ पदार्थले भरिएको एउटा सानो क्याप्सुल बेपत्ता भएपछि खोजी कार्य भइरहेको छ ।

मिडिया रिपोर्टका अनुसार यो क्याप्सुल आधा सेन्टिमिटर भन्दा सानो छ । यो रेडियो एक्टिभ सीजियम-१३७ भरिएको छ । यो क्याप्सुल छोएमा गम्भीर रोग लाग्न सक्ने बताइएको छ ।

यो क्याप्सुल दुई साता अघि न्यूम्यान र पर्थ शहरको बीचमा हराएको अस्ट्रेलियाको फायर एण्ड इमर्जेन्सी विभागले जानकारी दिएको छ । बिभागले यो क्याप्सुल देखेमा नछुन र टाढा रहन चेतावनी दिएको छ ।

रेडियोएक्टिभ सिजियम-१३७ सामान्यतया खानीमा प्रयोग हुने पदार्थ हो । यसलाई खनन स्थलमा ट्रकमार्फत ल्याइएको थियो ।

क्याप्सुललाई हतियारका रूपमा प्रयोग गर्न नसकिने तर यसले क्यान्सरजस्ता गम्भीर रोग निम्त्याउन सक्ने विभागले जनाएको छ ।

बिभागले यो क्याप्सुलको एक तस्वीर समेत जारी गरेको छ । यो क्याप्सुलको लम्बाइ ८ मिमी र चौडाइ ६ मिमी छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै