• २०८१ बैशाख १२ बुधबार

प्रेमिकालाई अन्तरिक्षमा पठाउदै जेफ बेजोस !

kharibot

काठमाडौँ । अमेजनका संस्थापक जेफ बेजोसले आफ्नी प्रेमिका लरेन सान्चेजलाई चाँडै नै आफ्नो स्पेस कम्पनि ब्लु ओरिजिनमार्फत अन्तरिक्षमा पठाउने तयारी गरेका छन् ।

द वाल स्ट्रिट जर्नलसँगको एक अन्तर्वार्तामा लरेनले आफुलाई बेजोसले अन्तरिक्षमा जान प्रेरित गरिरहेको बताएकी छन् ।

लरेनले पाँच सदस्यीय सबै महिला चालक दलका साथ ब्लू ओरिजिन रकेटमा अन्तरिक्षमा उड्न बेजोसले प्रोत्साहन गरिरहेको खुलासा गरेकी छन् ।

यो मिशन २०२४ को शुरुवातमा अन्तरिक्षमा जानसक्ने बताइएको छ ।

एमी-विजेता टिभी होस्ट, हेलिकप्टर पाइलट लरेन सान्चेज जनवरी २०१९ देखि अमेजनका संस्थापक जेफ बेजोससँग सम्बन्धमा छन् । 

मनोरञ्जन उडानका अतिरिक्त, बेजोसद्वारा स्थापना गरिएको निजी अन्तरिक्ष कम्पनीले नासाका लागि वैज्ञानिक उपकरणहरू बोक्ने मिसनहरू सञ्चालन गरेको छ ।

ब्लू ओरिजिनले गत वर्ष सफलतापूर्वक आफ्नो पाँचौं पर्यटक उडान अन्तरिक्षमा प्रक्षेपण गरेको थियो, अन्तरिक्षको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सीमाना जुन पृथ्वीको सतह माथि ६२ माइल (१०० किमी) छ । यो ब्लू ओरिजिन र न्यू शेपर्डको लागि समग्रमा २१औं उडान थियो । मार्च ३१, २०२२ मा लन्च र अवतरण भएको एनएस-२० पछि यो कम्पनीको लागि यो वर्ष दोस्रो क्रु उडान थियो । कम्पनीले मार्च महिनामा छ जनासँग अन्तरिक्षको छेउमा चौथो मानवयुक्त उडान गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै