• २०८१ बैशाख १३ बिहीबार

पेड्रीको गोलमा बार्सिलोना विजयी

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले गिरोनालाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले गिरोनालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ६१औं मिनेटमा बार्सिलोनाका पेड्रीले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

यो जित पछि बार्सिलोनाको १८ खेलमा ४७ अंक भएको छ र ला लिगाको शिर्ष स्थानमा कायम रहेको छ । एक खेल कम खेलेको रियल म्याड्रिड १७ खेलमा ४१ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै गिरोनाको भने १९ खेलमा २१ अंक छ र लिगमा १२औ स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै