• २०८१ बैशाख ७ शुक्रबार

बार्सिलोना भर्सेज रोमा : तेस्रो प्रयासमा सेमिफाइनलमा पुग्ने तयारीमा बार्सिलोना 

kharibot

काठमाडौँ । च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लिगमा आज राति स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब रोमा प्रतिष्पर्धा गर्दैछन् । 

पहिलो लिगमा ४–१ को जितसहित अग्रता हासिल गरेको बार्सिलोनालाई दोस्रो लिगमा दवाव कम देखिएको छ ।

तर रोमाका प्रशिक्षक इसेबायो डी फ्रान्सेस्को आफ्नो टिम बार्सिलोनाको अग्रतालाई उल्ट्याउँदै सेमिफाइनलमा पुग्न सफल हुनेमा विस्वस्त रहेको बताएका छन् । उनले आफ्नो टिमले बार्सिलोनाविरुद्धको खेलमा सबैभन्दा उत्कृष्ट खेलाडीलाई मैदानमा उतार्ने बताएका छन् ।

यता बार्सिलोनाका म्यानेजर इर्नेस्टो भलभेर्ड़ोले आफुहरु ४-१ ले अगाडी भएपनि आफुहरु ०-० नै छ भन्ने मानेर दोस्रो लिगमा खेल्ने बताएका छन् । उनेल हामि सेमिफाइनलमा पुगीसक्यौ भने अहिले सोच्नु गलत हुने बताए । 

बार्सिलोनाले इटालियन क्लबविरुद्धको च्याम्पियन्स लिगका पछिल्ला ६ खेलमा कुनै पनि खेल जित्न सकेको छैन । २०११ को नोभेम्बरमा एसी मिलानलाई ३-२ ले पराजित गरेपछि यताका इटालिमा खेलेका ६ खेलमा ४ खेल बराबरी गरेको छ भने २ खेलमा बार्सिलोना पराजित भएको छ । इतिहास जे भएपनि बिर्सिन नहुने कुरा के छ भने च्याम्पियन्स लिगको यस सिजनमा बार्सिलोनाले केबल तीन गोल मात्र खाएको छ जुन सबै भन्दा कम हो ।

च्याम्पियन्स लिगको इतिहास हेर्दा पनि रोमाले घरेलु मैदानमा बार्सिलोनासँग अहिलेसम्म कुनै पनि खेल हारेको छैन । अहिलेसम्म बार्सिलोनासँग खेलेका दुई खेलमध्ये एकमा जित निकालेको छ भने एकमा बराबरीको नतिजा हात पारेको छ । 

बार्सिलोनाका लागि फेरी पनि मेसी फ्याक्ट्रर नै निर्णायक हुने देखिन्छ । मेसी अहिले आफ्नो क्यरिअरकै उत्कृष्ट फर्ममा रहेका छन् ।

आफुले गोल गर्ने र अरु खेलाडीलाई गोल गर्ने स्थिति सिर्जना गर्ने मेसीको रणनितिले बार्सिलोनाले यस सिजनमा सफलता हासिल गरेको छ । मेसीले यस सिजनमा च्याम्पियन्स लिगमा ६ गोल गरेका छन् । त्यस्तै बार्सिलोनाका लागि लुइस स्वरेजको प्रदर्शन पनि महत्वपूर्ण मानिएको छ । तुलनात्मक रुपमा स्वरेज च्याम्पियन्स लिगमा सफल हुन् सकेका छैनन् । 

बार्सिलोनाले यस खेलमा डिफेन्डर जेरार्ड पिकेलाई आराम दिन सक्ने बताइएको छ भने बार्सिलोनाका अन्य खेलाडी खेल्नकाल आगी फिट रहेका छन् ।

यस खेलमा फिलिप कोन्टिन्हो भने खेल्न पाउने छैनन् । उनले यस सिजनमा लिभरपुलबाट च्याम्पियन्स लिग खेलिसकेकाले एक सिजनमा एउटा टिमबाट मात्र खेल्न पाउने नियम अनुसार उनि बेन्च मै बस्नेछन् ।

रोमाका लागि म्यानचेस्टर सिटीका पुर्व स्ट्राइकर डिजेको प्रमुख खेलाडी हुने छन् भने डेरेल, डे रोजी, लोरेन्जो पेलेगीरानीको भूमिका पनि यस खेलमा प्रमुख हुने छ । 

विगतका प्रदर्शन र यस सिजनमा दुवै टिमका खेल हेर्दा बार्सिलोना बलियो देखिन्छ । तर पछिल्ला दुई सिजनको च्याम्पियन्स लिगमा क्वाटरफाइनलबाट बाहिरिएको बार्सिलोनालाई तेस्रो प्रयासमा सेमिफाइनलमा पुग्ने दबाबका बीच पहिलो लिगको अग्रताले धेरै हदसम्म राहत भने दिएको देखिन्छ । 

समग्रमा पहिलो लिगको दुई आत्मघाती गोल रोमालाई निकै महँगो पर्ने देखिएको छ । कुनै चमत्कार नभए बार्सिलोनालाई ४-१ को अग्रताबाट हराएर सेमिफाइनलमा जान रोमालाई असम्भव जस्तै देखिन्छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै