एशिया कप क्रिकेटको आयोजना भारतबाट युएईमा सर्यो, नेपालले छनौटका लागि प्लेअफ खेल्ने  

खरीबोट
ad

काठमाडौँ । आगामी सेप्टेम्बरमा हुने एशिया कपको आयोजना संयुक्त अरब इमिरेट्स (युएई)ले गर्ने भएको छ ।  

यसअघि भारतले आयोजना गर्ने भनिएको यो प्रतियोगिता युएईलाई आयोजना गर्न दिएको एशियाली क्रिकेट बोर्डले जनाएको छ ।  

भारतीय र पाकिस्तानबीच सम्बन्ध बिग्रिएका कारण प्रतियोगिता युएईले आयोजना गर्न लागेको बताइएको छ । 

एशिया कपमा आसीसीका स्थायी सदस्यको रुपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले भाग लिने पक्का भएको छ भने छैठौ टिमको छनौट प्लेअफ खेलमा हुने छ ।  प्लेअफका लागि नेपालसहित युएई, हङकङ, सिंगापुर, मलेसिया र ओमानले प्रतिष्पर्धा गर्ने छन् । 

प्रतियोगिताको सम्भावित मिति सेप्टेम्बर १३ देखि २८ सम्म बताइएको छ ।

यसअघिको एशिया कप भारतले जितेको थियो । 
 

सम्बन्धित समाचार

एशिया कप क्रिकेट आजदेखि सुरु हुदै, यस्तो छ खेल तालिका 

काठमाडौं । आजदेखि युएईमा एसिया कप क्रिकेट शुरु हुदै छ । आजदेखि २८ सम्म हुने प्रतियोगितामा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र र छनोट भएर जाने एक देश हङकङ गरी कुल ६

एशिया कप क्रिकेटको तालिका सार्वजनिक, नेपाल छनौट भए भारत पाकिस्तानसँग खेल्न पाउने  

काठमाडौं । आगामी सेप्टेम्वरमा युएईमा हुने एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक गरिएको छ । सेप्टेम्वर १५ देखि २८ सम्म हुने प्रतियोगितामा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र र छनोट भएर जाने

एशिया कप क्रिकेटको आयोजना भारतबाट युएईमा सर्यो, नेपालले छनौटका लागि प्लेअफ खेल्ने  

काठमाडौँ । आगामी सेप्टेम्बरमा हुने एशिया कपको आयोजना संयुक्त अरब इमिरेट्स (युएई)ले गर्ने भएको छ ।   यसअघि भारतले आयोजना गर्ने भनिएको यो प्रतियोगिता युएईलाई आयोजना गर्न दिएको एशियाली क्रिकेट बोर्डले

एशिया कप क्रिकेटका लागि नेपालले छनोट खेल खेल्ने

काठमाडौं । एशियन क्रिकेट काउन्सिलले आयोजना गर्ने एशिया कपको लागि नेपालले छनोट खेल खेल्ने भएको छ । छनौट प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहने छ । ६ देशलाई दुईवटा समूहमा विभाजन