• २०८१ बैशाख ७ शुक्रबार

एशिया कप क्रिकेटको आयोजना भारतबाट युएईमा सर्यो, नेपालले छनौटका लागि प्लेअफ खेल्ने  

kharibot

काठमाडौँ । आगामी सेप्टेम्बरमा हुने एशिया कपको आयोजना संयुक्त अरब इमिरेट्स (युएई)ले गर्ने भएको छ ।  

यसअघि भारतले आयोजना गर्ने भनिएको यो प्रतियोगिता युएईलाई आयोजना गर्न दिएको एशियाली क्रिकेट बोर्डले जनाएको छ ।  

भारतीय र पाकिस्तानबीच सम्बन्ध बिग्रिएका कारण प्रतियोगिता युएईले आयोजना गर्न लागेको बताइएको छ । 

एशिया कपमा आसीसीका स्थायी सदस्यको रुपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले भाग लिने पक्का भएको छ भने छैठौ टिमको छनौट प्लेअफ खेलमा हुने छ ।  प्लेअफका लागि नेपालसहित युएई, हङकङ, सिंगापुर, मलेसिया र ओमानले प्रतिष्पर्धा गर्ने छन् । 

प्रतियोगिताको सम्भावित मिति सेप्टेम्बर १३ देखि २८ सम्म बताइएको छ ।

यसअघिको एशिया कप भारतले जितेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै