• २०८१ बैशाख ७ शुक्रबार

नेपाल मेडिसिटीमा नगदरहीत स्वास्थ्य बीमाको शुभारम्भ

kharibot

काठमाडौँ । स्वास्थ्य अब नेपालीहरुको पहुंचमा भन्ने नारासहित नेपालमा पहिलो पल्ट अस्पताल र बीमाकम्पनीबीच बृहद् सहकार्य भएको छ । 

नेपाल मेडिसिटी अस्पताल र प्रिमियर इन्स्योरेन्सले नेपालीहरुलाई सूलभ स्वास्थ्य सेवाप्रदानगर्ने उद्धेश्यसहित नगद रहीत स्वास्थ्य बीमा सेवाको शूभारम्भ गरेको छ । 
सो अवसरमा विश्वका धेरै देशहरुमा स्वास्थ्य बीमाको माध्यमबाट सूलभ स्वास्थ्य सेवा प्रदान गरिरहेको र थोरै देशहरुमा मात्र नगद रहीत स्वास्थ्य बीमाको सेवा रहेको नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले बताए । 

सामान्यतया स्वास्थ्य बीमामा विरामीहरुले अस्पतालमा रकम भूक्तानी गरी त्यसको भूक्तानीका लागि बीमा कम्पनीहरुलाई पठाउने र बीमा कम्पनीहरुले काँटछाँट गरी खर्च भएकोभन्दा कम रकम भूक्तानी गर्ने परिपाटी रहेकोमा नेपाल मेडिसिटीमा विरामीले खरीद गरेको पोलिसी अनूसार नगद भूक्तानी गर्न नपर्ने गरी सेवा प्रदान गर्ने कार्यक्रमको शूभारम्भ गरेको अध्यक्ष डा. महतोले बताए । 

स्वास्थ्यबीमालाई अभियानको रुपमा देश ब्यापी बनाउन आफुहरुले नेपाल मेडिसिटी अस्पतालसँग सहकार्य गरेको र यसले नेपालको स्वास्थ्य क्षेत्रमा ठुलो सहयोग पुग्ने प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सूरेशलाल श्रेष्ठले बताए । 

आम नेपालीहरुलाई सर्वसूलभ उपचार गराउने चाहनाअनुरुप नेपाल मेडिसिटी अस्पतालले शुभारम्भ गरेको यस नगदरहीत स्वास्थ्यबीमालाई जनस्तर सम्म पुर्याई बढी भन्दा बढी नेपालीहरुलाई यस योजनामा समाहित गराउनु पर्ने नेपाल मेडिसिटी अस्पतालमा अस्पताल निर्देशक डा सूनिलकूमार शर्माले बताए । 

यस स्वास्थ्य बीमाअन्तर्गत सम्पूर्ण नेपालीलाई सहज र सुलभ सेवा प्रदान गर्नका निमित्त क्यासलेस सुविधामार्फत अस्पताल र इन्स्योरेन्स कम्पनीले सम्झौतापत्र तयार गरी सोहीअनुरुप कार्य गर्ने योजना बनाएको जानकारी दिइएको छ । जस अन्तर्गत, सेवालिने ग्राहकले नगदको प्रवाह नगरी सिधै अस्पतालमा भर्ना भई लिएको सेवाको आधारमा उपचार लिनेछन् ।

वार्षिक १२ सय ५० प्रिमियममा ५० हजारसम्मको उपचार सुविधा लगायत वार्षिक २५ हजार प्रिमियममा १० लाख सम्मको उपचार सेवाले उपचार अब सबै नेपालीहरुको पँहुचमा भन्ने नारालाई सार्थक तुल्याएको सो अवसरमा जानकारी गराईयो । अब आफ्नो स्वास्थ्य योजना अनूसार स्वास्थ्य बीमा सुविधा लिने अवसर नेपालीहरुलाई प्राप्त भएकोले सबै नेपालीहरु यसबाट लाभान्वित हुने समेत सो अवसरमा जानकारी गराईयो । 

नगदरहीत स्वास्थ्य बीमामा आधारित भई एक समारोहकाबीच नेपाल मेडिसिटी अस्पतालका प्रमूख कार्यकारी अधिकृत सुधाकर जयराम र प्रिमियर इन्स्योरेन्सका प्रमूखकार्यकारी अधिकृत सुधुम्नप्रसाद उपाध्यायले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

विश्वका अधिकांश देशहरुमा स्वास्थ्य बीमा अत्यावश्यक रहेको र यसको अत्याधिक उपयोगलाई मध्यनजर गरी आमजनताहरुले स्वास्थ्यमा ढुक्क भइरहेको र सोही अनूरुप अब नेपालमा पनि सोको आवश्यक्ता देखिएको हुनाले भविष्यलाई मध्यनजर गरी अस्पताल र बीमा कम्पनीले यो कदम चालेको कार्यक्रममा जानकारी गराईयो । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै