• २०८१ बैशाख ४ मंगलबार

बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो, रोमा सेमिफाइनलमा  

kharibot

काठमाडौँ । बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ । 

गएराती क्वाटरफाइनलको दोस्रो लिगमा इटालियन क्लब एएस रोमसँग ३-० गोल अन्तरले पारजित हुदै बार्सिलोना लगातार तेस्रो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ ।

पहिलो लिगमा ४-१ को अग्रता लिए पनि रोमाको घरेलु मैदानमा ३-० ले पराजित भएपछि समग्रमा ४-४ गोलको बराबरी भएपनि रोमाले बार्सिलोनाको घरेलु मैदानमा गरेको गोलको आधारमा रोमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

रोमालाई जित दिलाउने क्रममा एडिन डिजेको, डानिएले डे रोजी र कोसटस मनोलसले गोल गरेका थिए ।

डिजेकोले खेलको छैठौ मिनेटमा गोल अग्र्दै रोमालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता लिएको रोमाले खेलको ५८औ मिनेटमा बार्सिलोनाका जेरार्ड पिकेले रोमाका डिजेकोलाई डि-बक्स भित्र लडाएपछि रोमाले पेनाल्टी पाएको थियो । पेनाल्टीलाई गोलमा परिणत गर्दै डे रोजीले रोमाको अग्रतालाई दोब्बर पारेका थिए ।

त्यसपछि खेलको ८२औ मिनेटमा मनोलसले गोल अग्र्दै रोमालाई ३-० को अग्रता दिलाए र बार्सिलोनालाई प्रतियोगिताबाट बाहिर पठाए ।

यो हारसँगै बार्सिलोना इटालियन क्लबसँग अवे खेलमा जित निकाल्न असफल भएको छ । यस सिजनको पुरा च्याम्पियन्स लिगमा केबल ३ गोल खाएको बार्सिलोनाले एकै खेलमा ३ गोल खाएर प्रतियोगिताबाट बाहिरिएको छ ।

त्यस्तै रोमाले घरेलु मैदानमा लगातार ५ च्याम्पियन्स लिग खेलमा जित हासिल गरेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै