• २०८१ बैशाख ४ मंगलबार

सरकारको दोहोरो नीतिका कारण बाराको ६ लेन सड्क निर्माण कार्यमा ढिलाई

kharibot

बारा । नेपाल सरकारको दोहोरो नितिका कारण तोकिएको समयमा बिरगंज पथलैया आद्योगिक राजमार्गको निर्माण कार्य सम्पन्न नहुने भएको छ । 

सार्वजनिक सड्क मापदण्ड ऐन विपरित बनाईएको झोपडीदेखि महलसम्म भत्काउँदा सरकारले मुआब्जा नदिने जीतपुरबासीहरु प्रतिबाधक कदम चाल्न समेतपछि नहट्ने बताईरहेका छन् । 

पथलैयादेखि परवानीपुरको चोकसम्म दुबैतर्फ सड्कको कुलो निर्माण गरी माटो सम्झाउँने काम तिव्र गतीमा हुँदै आएको छ । कुल २७ किलोमीटरको दुरीमा औद्योगिक राजमार्गको मध्य भागमा पर्ने जीतपुर बजारमा भने निर्माण कार्य रोकिन गएको छ । 

दुई किलोमीटर भन्दा कमैं दुरीमा रहेको जीतपुर बजारमा राजमार्ग दुबै छेऊ छाउमा सार्वजनिक सड्क ऐन २०३१ को मापदण्ड विपरित स–साना झोपडीदेखि ठूला ठूला घरहरु समेत वर्ष देखि निर्माण गरी उपभोग गर्दै आएकाछन् जीतपुरका बासिन्दा । 

सड्क ऐन विपरित घर निर्माण गर्दा कहीँ कतै कुँनै पनि सरकारी निकायले रोकथाम नगरेका कारण जीतपुरबासी निर्धकसँग ठूला साना संरचना तयार गरी उपभोग गर्दै आएका छन् । तर , यी राजमार्ग ६ लेनको निर्माण गर्नुपर्दा सड्कको मध्यभागबाट दुबै तर्फ २५ मीटर बढाउँदा अधिकांश जग्गा धनीसँगै घर साहुहरुको उठिबास नैं हुँने देखिन्छ । 

घरधनीहरुले सरकारसँग ती जग्गाहरुको जग्गा धनी प्रमाण पूर्जा नहुँनु र लामो समय देखि यी जग्गाहरु हाम्रै नाउँमा कायम रहँनुको साथै विभिन्न सरकारी निकाय मैं गएर वर्षौदेखि राजस्व समेत तिर्दै आएको हुनाले आँफूहरुको स्वामित्व बराबरको मुआब्जा नदिए सम्म हामी सड्क विस्तार हुन् नदिने जीतपुरका सुरेन्द्र प्रसाद गुप्ताले बताए । 

सड्कको विकाससँगै विस्तार हुनु आम नागरिक तथा उद्योगी व्यवसायीहरुलाई लामो समयको लागि फायदा जनक नैं हो । तर , तोकिए कै समयमा निर्माण नहुँदा धुलोका कारण यस क्षेत्रका जनताहरु आजित मात्र नभई विभिन्न रोगको शिकार समेत हुँन थालेका छन् । सड्क विस्तारको क्रममा विभिन्न सरकारी निकाय कै कारण समय मैं आयोजना निर्माण कार्य पूरा भएको भन्ने कतै पाईदैन । 

यो औद्योगिक राजमार्गमा सञ्चार विद्युत् खानेपानी तथा पर्सा बन्यजन्तु आरक्षको केही जंगल परेको हुँनाले त्यसमा खासै समय लाग्ने भने देखिदैन । 

सबै तिर सड्क विस्तारका लागि तोकिएका मापदण्ड अनुसार अतिक्रमित जग्गा आँफै खाली गरी निर्माण कार्य भईरहेको बताउँदै कहीँ कतै पनि यो औद्योगिक राजमार्गमा पर्ने जग्गा तथा बनाईएको घर टहरा भत्काउँदा मुआब्जा दिने उल्लेख नैं नभएको हुँनाले बल नैं प्रयोग गरी जीतपुर बजार खाली गराई तोकिए कै समयमा सड्क विस्तार गर्न बिरगंज पथलैया व्यापारिक राजमार्ग योजनाकी ईन्जिनियर सौम्या आनन्दले बताईन् ।

पाँच वर्ष पहिला नैं जीतपुर बजारमा मात्रै झण्डै दुई किलोमीटर सम्म राजमार्गको मध्य भागबाट १५ मीटर अधिग्रहँण गरी चार लेन बनाउँदा सरकारले मुआब्जा दिएको थियो । 

तर, अहिले सो राजमार्गको सड्क ऐन २०३१ ले तोकिएको मापदण्ड अनुसार २५ मीटर दुबै तर्फ लिएर ६ लेनको सड्क विस्तार गर्दा मुआब्जा नैं नदिने सरकारको दोहोरो निति निर्णय कै कारण यस्तो महत्वपूर्ण योजनाको निर्माण कार्य तोकिए कै समयमा अर्थात् २०७५ पुस मसान्त सम्म पूरा नहुने देखिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै