• २०८१ बैशाख ४ मंगलबार

मलावीमा हैजाका कारण एक हजार बढीको मृत्यु- डब्लुएचओ

kharibot

जेनेभा । मलावीमा हैजाका कारण कम्तीमा एक हजार २१० जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बिहीबार जनाएको छ ।

सन् २०२२ को मार्चयता करिब ३७ हजार हैजाका बिरामी फेला परेपछि दक्षिणी अफ्रिकी यो मुलुक हैजाको सबैभन्दा खराब प्रकोपसँग जुधिरहेको छ ।

डब्लुएचओले एक विज्ञप्ति जारी गर्दै मलावीका २९ जिल्लामध्ये २७ जिल्लामा सक्रिय सङ्क्रमण रहेको र डिसेम्बरको तुलनामा गत महिना झण्डै तब्बर सङ्ख्याले सङ्क्रमण बढेको जनाएको छ ।

डब्लुएचओले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पछिल्लो एक महिनामा देखिएको सङ्क्रमणको तीव्र वृद्धिसँगै कडा पैतिरोध नभएमा प्रकोप अझ खराब हुँदै जाने हो कि भन्ने डर भएको छ ।

तर संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य निकायले मलावीमा यो सङ्कट विश्वव्यापी रूपमा बढ्दो हैजाको प्रकोपको पृष्ठभूमिमा भइरहेको औंल्याएको छ, जसले ‘खोप, परीक्षण र उपचारको उपलब्धतामा बाधा पुर्याएको छ ।”

प्रकोप सुरु भएदेखि नै मलावीले दुई ठूला खोप अभियान सञ्चालन गरेको छ तर सीमित आपूर्तिका कारण सामान्यतया सिफारिस गरिएका हैजा खोपको दुई मात्रामध्ये एक मात्र प्रदान गरेको छ ।

गत नोभेम्बरमा संयुक्त राष्ट्रसङ्घबाट करिब ३० लाख डोज खोपको दोस्रो चरणको आपूर्ति प्राप्त भएको थियो र गत महिना स्वास्थ्य मन्त्रालयका प्रवक्ताले सबै डोज प्रयोग भइसकेको बताएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै