एजेन्सी । वेबका विषयवस्तुहरुको रेटिङ तथा यसबारे विश्लेषण गर्ने अमेरिकी वेबसाइट रेडिटले आफ्ना ९ सय ४४ वटा एकाउन्टमाथि प्रतिबन्ध लगाएको छ ।
यसमा चर्चित डेमोक्र्याट तथा गत राष्ट्रपतीय निर्वाचनकी पराजित प्रतिस्पर्धी हिलारी क्लिन्टनको झूटो सेक्स भिडियो राख्ने वेबसाइट पनि परेको बताइएको छ ।
‘हिलारी क्लिन्टनको होटेल सेक्स टेप’ शीर्षकमा झूटो भिडियो राखिएको जनाइएको छ । रुसको इन्टनरनेट रिसर्च एजेन्सीले उक्त भिडियो बनाएको आशंका गरिएको छ । यो भिडियो रेडिटमा अहिले प्रतिबन्धित रुबिन्जर नामको एकाउन्टबाट राखिएको थियो भने भिडियोले एक लाखभन्दा धेरै भोट पाएको थियो ।
उही भिडियो सेक्ससम्बन्धी चर्चित वेबसाइट पोर्नहबमा पनि पाँच पटक राखिएको पाइएको छ । उक्त साइटमा दुई लाखभन्दा धेरैपटक भिडियो हेरिएको एनबीसी न्युजलाई उद्धृत गर्दै बीबीसीले समाचार लेखेको छ ।
गत अक्टोबरमा आईआरएका पूर्वकर्मचारी अलान बास्काइभले रसियाली टिभी रेनलाई ट्रोल फार्मले भिडियो बनाएको बताएका थिए । मंगलबार रेडिटले भिडियो पोष्ट गर्ने एकाउन्ट सार्वजनिक गरेको थियो । एलेक्साका अनुसार रेडिट अमेरिकामा चौँथो धेरै हेरिने कम्पनी हो ।
२०१६ को चुनावअघि रुबिन्जरले एनिमेसनद्वारा बनाइएको जीआईएफ आर÷द डोनाल्ड नामको डोनाल्ड ट्रम्पको समर्थक कम्युनिटीमा पोष्ट गरिएको थियो । अहिले उक्त जिफ पनि हटाइसकिएको छ ।