• २०८१ बैशाख ४ मंगलबार

इन्स्टाग्रामले पनि प्रयोगकर्ताको सबै तथ्यांक डाउनलोड गर्न दिने 

kharibot

प्रविधि । इन्स्टाग्रामले पनि फेसबुकले जस्तै प्रयोगकर्ताको तथ्यांकहरु सबै डाउनलोड गर्न दिने भएको छ ।

यसको लागि कम्पनीले डाटा पोर्टेबिलिटी टुल निर्माण गरिरहेको बताएको छ । टेकक्रन्चका अनुसार प्रयोगकर्ताले यो सुविधाबाट आफ्नो सम्पूर्ण पोष्ट भएका डाटाहरु पाउनेछन् । यसले फेसबुकलाई समेत मद्दत गर्ने बताइएको छ ।

युरोपियन प्राइभेसी डाटा रुल र जनरल डाटा प्रोटेक्सन रेगुलेसनअनुसार अब कम्पनीले सबै डाटा पोर्टेबल (निकाल्न मिल्ने) बनाउनुपर्नेछ ।

आउनलागेका यी नियमहरुले फेसबुक तथा इन्स्टाग्रामलाई प्रयोगकर्ताको अनुरोधअनुसारका डाटा मेट्न बाध्य बनाउनेछ । युरोप र अमेरिकामा यस्ता नियम आउनलागेको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै