च्याम्पियन्स लिगमा रोनाल्डोले मेसीको यस्तो रेकर्ड तोडे

खरीबोट
ad

काठमाडौं ।  क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा लियोनेल मेसीको एउटा रेकर्ड तोडेका छन् । 

विहिबार राति युभेन्टसलाई खेलको अन्तिम मीनेटमा पेनाल्टीबाट गोल गर्दै रियललाई सेमिफाइनलमा पुर्याएका रोनाल्डोले मेसीको च्याम्पियन्स लिगमा कुनै एक टिमविरुद्ध धेरै गोल गरेको रेकर्ड तोडेका हुन् ।

रोनाल्डोले च्याम्पियन्स लिगमा युभेन्टसविरुद्ध १० गोल गरेका छन् । यसअघि मेसीले आर्सनलविरुद्ध ९ गोल गर्दै च्याम्पियन्स लिगमा एकै टिमविरुद्ध धेरै गोल गर्ने रेकर्डमा रोनाल्डोसँग बराबरीमा थिए ।

रोनाल्डोले क्वाटरफाइनलमा युभेन्टसविरुद्ध पहिलो लिगमा २ र दोस्रो लिगमा एक गोल गर्दै कुल ३ गोल गरेका थिए ।

रोनाल्डोले यस सिजनको च्याम्पियन्स लिगमा १० खेलमा १५ गोल गरेका छन् । च्याम्पियन्स लिगको एकै सिजनमा १५ गोल गर्ने रोनाल्डो एक मात्र खेलाडी हुन् । रोनाल्डोले च्याम्पियन्स लिगका तीन सिजनमा १५ गोल गरेका छन् । उनले २०१३-१४ सिजनमा १७ गोल गरेका थिए भने २०१५-१६ मा १६ गोल गरेका थिए । त्यस्तै यस सिजनमा १५ गोल गरिसकेका छन् ।

साथै रोनाल्डोले च्याम्पियन्स लिगमा लगातार ११ खेलमा गोल गर्ने रेकर्ड पनि बनाएका छन् । उनले गत बर्षको च्याम्पियन्स लिगको फाइनलमा गोल गरेका थिए भने यस सिजनका सबै खेलमा गोल गरेका छन् ।

त्यस्तै रोनाल्डोले च्याम्पियन्स लिगमा आफ्नो १५० खेल पनि युभेन्टसविरुद्धको खेल खेलेर पुरा गरेका छन् । च्याम्पियन्स लिगमा रोनाल्डोभन्दा बढी रायन गिग्सले १५१, जाभीले १५७ र इकर कासिलासले १७० खेल खेलेका छन् ।   
 

सम्बन्धित समाचार

एथलेटिको म्याड्रिडको जितमा ग्रीजम्यानको २ गोल 

काठमाडौँ।  च्याम्पियन्स लिग अन्तर्गत एथलेटिको म्याड्रिडले बेल्जियमको क्लब ब्रुग्गेलाई पराजित गरेको छ। गएराती भएको खेलमा एथलेटिकोले क्लब ब्रुग्गेलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।  एथलेटिकोको जितमा एन्टोनी ग्रीजम्यानले २ गोल गरे

पिएसजीको जितमा नेइमारको ह्याट्रिक

काठमाडौँ।  च्याम्पियन्स लिगमा पिएसजीले सर्बियाको क्लब रेड स्टारविरुद्ध फर्किलो जित हासिल गरेको छ।  गएराती भएको खेलमा पिएसजीले रेड स्टारविरुद्ध ६-१ गोल अन्तरले जित हासिल गरेको छ।  पिएसजीको जितमा नेइमारले ह्याट्रिक गरेका

सलाहको फ्लप शो जारी, नापोलीसँग लिभरपुल पराजित 

काठमाडौँ।  च्याम्पियन्स लिगमा गतबर्षको उपविजेता लिभरपुल नापोलीसँग पराजित भएको छ। गएराती भएको खेलमा नापोलीले लिभरपुललाई १-० गोल अन्तरले पराजित गरेको हो।  नापोलीको जितमा लोरेञ्जो इन्साइनले खेलको एक मात्र गोल गरेका थिए।

मेसी प्रेरित बार्सिलोनाको टोटनह्याममाथि सहज जित 

काठमाडौँ।  च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले टोटनह्यामलाई पराजित गरेको छ।  गएराती भएको खेलमा बार्सिलोनाले टोटनह्यामलाई ४-२ले पराजित गरेको हो।  बार्सिलोना जितमा लियोनेल मेसीले २ गोल गरे भने फिलिप कोटीन्हो र इभान रकिटिकले


z