• २०८१ बैशाख ७ शुक्रबार

रुस्लान डिपिएलमा ललितसिंह भण्डारीले पाए सुनको जुत्ता 

kharibot

काठमाडौँ । रुस्लान डिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका धनगढी टिम चौराहाका ललितसिंह भण्डारीले सुनको जुत्ता पाएका छन् । भण्डारी रुस्लान डिपिएल २ का मोष्ट भ्यालुएबल प्लेयर बन्दै सुनको जुत्ता जितेका हुन्।

शुक्रबार भएको फाइनलमा काठमाडौंलाई हराउँदै उपाधि जितेको धनगढीका लागि उनले ३ विकेट लिएका थिए भने भण्डारीले प्रतियोगितामा सर्वाधिक विकेट समेत लिएका छन् । उनले ७ खेलमा १४ विकेट लिएका थिए । प्रतियोगितामा कुल २६ ओभर बलिंग गर्दै १८५ रन दिएर १४ विकेट लिएका हुन् ।

यस्तै प्रतियोगिताको म्यान अफ द सिरिज धनगढी टिम चौराहाबाट खेलेका युएईका कप्तान रोहन मुस्ताफा भए। उनले ६ खेलबाट ९ विकेट लिनुका साथै १९८ रनसमेत बनाएला थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै