पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले उनका रूसी समकक्षी भ्लादिमिर पुटिनसँग सिरिया द्वन्द्वलाई अन्त्य गरी शान्ति प्रक्रियालाई अघि बढाउने बिषयमा टेलिफोन कुराकानी भएको छ ।
म्याक्रोनले पुटिनसँग आफूले छलफललाई व्यापकता दिन चाहेको बताएका छन् ।
राष्ट्रपति म्याक्रोन सिरियामा शान्ति तथा स्थायित्वका लागि रसियासँग कुरा गर्न चाहेको बताएका छन्, म्याक्रोनको कार्यालयले फोनवार्तापछि जारी गरेको विज्ञप्तिमा जनाएको छ ।
रासायनिक हतियारको प्रयोगलाई ‘रेड लाइन’को सज्ञादिँदै यसलाई कुनै पनि बहानामा उल्लङ्घन गर्न नहुने बताउदै आएका म्याक्रोन र रासायनिक हतियार प्रयोगसम्बन्धमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा अनुसन्धानका लागि लगिएको प्रस्तावलाई भिटो प्रयोग गरी रोक्ने रूसबीच फोनवार्ता भएको हो ।
म्याक्रोनका अनुसार भिटो शक्ति प्रयोगका कारण रासायनिक हतियार प्रयोगमा विषेश संरचना बनाई अघि बढ्ने ‘संयुक्त’ पहलमा समस्या भएको छ ।
फोनमा सिरियाको समस्या समस्या समाधान र आतङ्कवाद विरोधि लडाई आफ्नो प्राथमिकतामा परेको जनाउँदै सम्भव भएसम्म छिटो विश्वसनीय तथा समावेशी राजनीतिक प्रक्रिया आफ्नो चाहना भएको पुटिनले बताए ।