• २०८१ बैशाख ७ शुक्रबार

नेपाली क्रिकेटको कोशेढुंगा बन्यो ‘डिपिएल’ 

kharibot

काठमाडौँ । धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करण सकिदै गर्दा नेपालको उत्कृष्ट टि-२० प्रतियोगिताको रुपमा स्थापित भएको छ । किर्केट संघका गतिविधि शुन्य भएका बेला डिपिएलजस्ता प्रतियोगिताले नेपाली क्रिकेट खेलाडी र क्रिकेटप्रेमीहरुलाई एक किसिमको रक्तसंचार नै गराएको छ । 

शुक्रबार डिपिएलको दोस्रो सिजन सकिएको छ । अत्यन्त सफल रुपमा सम्पन्न भएको यस प्रतियोगितामा दर्शकको रहरलाग्दो उपस्थितिले आयोजक मात्र होइन नेपाली क्रिकेटलाई बचाउने क्रिकेटप्रेमीको पनि ठुलो भुमिका देखिएको छ । 

आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले यस पटक यस पटक ३५ देखि ४० हजार दर्शकले मैदानमा गएरै खेल हेरेको बताए । यस्तो प्रतियोगिता काठमाडौँमा भएको भए यो संख्या लाखौमा हुने कुरामा कुनै शंका थिएन । 

यस सिजनको डिपीएल २ मा साविकको विजेता टिमले नै उपाधी उचालेको छ । फाइनलमा काठमाडौं गोल्डेन्सलाई हराउदै धनगढीले उपाधी उचालेको हो ।

कसरी जन्मियो डिपिएल ?

डिपीएल धनगढी क्रिकेट लिगबाट शुरु भएको हो जुन सुदुरपश्चिमाञ्चल क्याम्पस र धनगढी क्रिकेट एकेडेमीको सहकार्यमा २०६७ सालमा शुरु भएको थियो । धनगढी क्रिकेट लिग विस्तार हुदै गर्दा र सुधारबाट नै डिपीएल सम्म आइपुगेको हो । पहिलो संस्करणले नेपालली क्रिकेटमा पहिलो पटक फ्रेञ्चाइजको् शुरुवात गर्यो ।

जसको सफलताले डिपीएलको दोस्रो संस्करण पनि फ्रेन्चाईजमा नै गरीयो जसमा खेलाडीको छनोट, प्रत्येक टिममा २ जना विदेशी खेलाडि अनिवार्य जस्ता कुराहरुमा दस्रो संस्करणमा थप गरीएको हो । यस सजिनको खेल  चैत्र १७ गते देखि चैत्र ३० गतेसम्म धनगढीको एसपी ग्राउण्डमा सम्पन्न भएको हो । रंगशालाको क्षमता ५ हजारको भनिए पनि र पहिलो संस्करण भन्दा राम्रो प्रयोग गरीयो । 

‘हामीले हरके संस्करणमा नयाँ गर्ने छौं, हरेक संस्करणमा केही नयाँ गरेर नै हामी अगाडि बढ्ने जर्मको गर्ने छौं, पहिलो भन्दा यो संस्करणमा सुधार गरेका छौं र आगामी दिनमा अझै राम्रोसँग डिपीएल गर्ने योजना बनाएका छौं । अध्यक्ष शाहीले खरिबोटलाई बताए । 

डिपीएलमा नेपालका ६ वटा शहरहरुको प्रतिनिधित्व हुनेगरी ५ वटा टिमको सहभागिता जनाएका थिए । काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, विराटनगर किग्स, धनगढी टिम चौराहा, सीवाईसी अत्तरीया र महेन्द्रनगर युनाइटेडको सहभागिता रहेको थियो ।

जसका रणनीतिक खेलाडिहरुका रुपमा नेपाली राष्ट्रिय टिमका खेलाडिहरु क्रमस: ज्ञानेन्द्र मल्ल,शक्ति  गौचन, पारस खड्का, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी र विनोद भण्डारी रहेका थिए । भने हरेकले आफ्नो खेलमा विदेशी २ जना खेलाडी राखेका थिए ।

कुन टिमले कस्तो गर्यो ?

समुह चरणमा डिपीएलको यो सिजनमा भएका ५ वटा खेलमध्ये ४ वटा जित्दै काठ्माडौं शिर्ष स्थानमा रह्यो । काठमाडोंका कप्तान ज्ञानेन्द्र मल्लको उत्कृष्ट र अमित श्रेष्ठको प्रदर्शन र काठमाडौंका लागि २ विदेशी खेलाडी सुबोथ भाटी र सन्नी पटेलको प्रदर्शनले पनि काठमाडौंलाई सहज भएको हो । 

डिपीएलमा सोमपालले नेतृत्व गरेको टिम चौराहाले ५ खेलमा ३ खेलमा जित हात पार्यो भने २ खेलमा पराजित भएको थियो ।

विराटनगर किग्स, सिवाईसी अत्तरीया र महेन्द्रनगरले समान दुई दुई खेल जितेका भने रुपन्देही च्यालेन्जर्सले सबै खेलमा पराजित भोग्नुपर्यो । शक्ति गौचनको कप्तानी रहेको रुपन्देहीले कुनै पनि खेलमा जितको नजिक पनि पुग्न सकेन ।

डिपीएलको उपाधी उचालेको टिम चौराहामा कप्तानका रुपमा रहेका सोमपाल डिपीएलका सफल कप्तान बने । उनको प्रदर्शन औसत रहेपनि उनले देखाएको नेतृत्व क्षमताले उनलाई सफल बनाएको हो ।

खेलाडीको प्रदर्शन :

डिपीएमा ६ वटा टिमका खेलाडिमा सर्वाधिक रन बनाउने खेलाडीका रुपमा ज्ञानेन्द्र मल्ल रहेका छन् । उनले खेलेको ७ वटा खेलमा सर्वाधिक २४८ रन बनाए । डिपिएलको यस सिजनमा सर्वाधिक रन बनाउदै मल्लले लगातारको आफ्नो खराब फर्मको आलोचना गर्ने आलोचकलाई राम्रो जवाफ दिएका छन् । 

त्यस्तै डिपीएलको यस सिजनमा अमित श्रेष्ठ ओपनरको रुपमा राम्रो प्रदर्शन गर्दै राष्ट्रिय टिमको धोका ढकढकाएका छन् । काठमाडौंबाट खेलेका अमित श्रेष्ठले आफुले खेलेको ७ इनिङमा २४२ रन बनाएका छन् ।  श्रेष्ठ यो सिजनको सर्वाधीक रन बनाउने खेलाडीमा दोस्रो स्थानमा रहेका छन् ।

त्यस्तै धनगढी टिम चौराहाका खेलाडी तथा पुर्व राष्ट्रिय टिमका ओपनर सुनिल धमलाको प्रदर्शन पनि उत्कृष्ट रह्यो । उनले ७ वटा खेलमा २२९ रन जोडेका भने उनी डिपीएलको सर्वाधिक रन जोड्ने खेलाडीमा तेस्रो स्थानमा रहेका छन् ।

त्यस्तै बलिङ तर्फका ललित भण्डारी, सन्नी पटेल र रसैद खानले यस सिजनमा उत्कृष्ट प्रदर्शन गरे । नेपाली राष्ट्रिय टोलीका ललितसिंह भण्डारीले सर्वाधिक विकेट लिए । भण्डारीले ७ खेलमा १४ विकेट लिए । त्यस्तै काठमाडौंका लागि खेलेका भारतीय बलर सन्नी पटेल दोस्रो स्थानमा रहेका छन् । उनले ७ खेलमा १३ विकेट लिए भने उनले महेन्द्रनगर विरुद्धको दोस्रो  क्वालिफायर ६ विकेट लिर्दै डिपीएलमा नयाँ रेकर्ड पनि बनाए ।

त्यस्तै सर्वाधिक विकेट लिने खेलाडीको तेस्रो स्थानमा काठमाडौं गोल्डेन्सका रसैद खान रहेका छन् । उनले ७ खेलमा ११ विकेट लिएका छन् । रसिद खान यसअघि धनगढी ११ बाट खेल्दै आएकाछन् । रसैदले पनि नेपाली क्रिकेटमा राम्रो सम्भावना देखाएका छन् । अर्को शब्दमा भन्दा नेपाली राष्ट्रिय टिमकाल आगी अर्को विकल्प बन्नसक्ने सम्भावना रसैदले देखाएका छन् ।  

डिपिएलमा असफल :

डिपीएलमा केही नयाँ खेलाडीले उत्कृट प्रदर्शन गरे भने राष्ट्रिय टिमका खेलाद हरुकै प्रदर्शनले निराश बनाएको छ । राष्ट्रिय टिमका कप्तान पारस खडका, त्यस्तै रोहित पौडेल, शक्ति गौचन, बसन्त रेग्मी, ललित राजबंशी, करण केसी जस्ता राष्ट्रिय टिमका खेलाडीको प्रदर्शन सोचे जस्तो हुन् सकेन । यस प्रतियोगितामा सोचे जस्तो प्रदर्शन नभएपनि उनीहरुको क्षमतामा भने प्रश्न गर्न सकिन्न ।

विदेशी अनुहारको वर्चस्व :

डीपीएलले पहिलो पटक अन्तराष्ट्रिय खेलाडी खेलाएको हो । जसमा ६ वटा टिमले विभिन्न देशका २,२ जना खेलाडीलाई आफ्नो टिममा अनुबन्धन गरेका थिए । जसमा केही खेलाडिको प्रदर्शनले डिपीएलमा प्रभुत्तो जमाए । विदेशी खेलाडी मध्ये युएईका कप्तान रोहन मुस्तफाले धनगढीलाई उपाधि मात्र दिलाएनन् उनि प्रतियोगिताको उत्कृष्ट खेलाडी समेत बने । त्यस्तै भारतीय खेलाडी सुबोध भाटी, सन्नी पटेल, पुनीत मेहरा, हङकङका कप्तान बबर हायत,  लगायतको प्रदर्शन सम्झन लायक रह्यो ।

दर्शकको सहभागिताले उत्साहित छौ : सुवास शाही 

धगढ़ी क्रिकेट एकेडेमीका अध्यक्ष एवं डिपिएल आयोजक कमिटिका प्रमुख सुवास शाहीले प्रत्यक्षरुपमा मैदानमा दर्शकको उपस्थितिले आफुहरु उत्साहित भएको बताएका छन् । खरीबोटसँग कुरागर्दै शाहीले एङगेलबाट धेरै राम्रो भयो उत्साहित भएका छौं । उनले भने-‘धेरै कुराहरुमा नयाँ प्रयोग थियो । प्रविधिको पनि राम्रो प्रयोग गरेका छौं । र दर्शकको सहभागिता पनि राम्रो थियो ।  नेपाली क्रिकेटमा नयाँ ब्राण्ड नै खडा गरेका छौं ।’

विदेशी खेलाडीको प्रदर्शन डिपिएलमा उत्कृष्ट भएको चर्चा गर्दै शाही नेपाली खेलाडीका लागि यो सिक्ने अवसर भएको बताए । उनले भने-‘उनीहरुबाट हाम्रा खेलाडीहरुले धेरै कुराहरु सिक्न पाएका छन् । नेपाली क्रिकेटका उदयमान खेलाडीहरुले उनीहरुबाट सिक्ने मौका पाएका छन् ।’ 

शाहीले पर्फेक्ट कहिलै हुदैन, सुधार्ने भन्ने कुराहरु हरेक पटक गर्दै जानु पर्छ भन्दै जुनकुरा अहिले मिडीयामा आइरहेको छ, त्यो अस्थायी हो र अस्थायी संरचना बनाएर हामीले यो स्तरको टुनामेण्ट गर्नु परेको बताए । 

जबसम्म स्थायी रंगशाला बनाइदैन् तबसम्म यस्तै समस्याहरु आउनेछन् भन्दै रंगशालाका लागि पीपीए मोडलमा रंगशाला बनाउनु पर्छ भनेर कुरा पनि अगाडि बढाएको उनले बताए । सरकारले सहजकर्ताको भुमिकामा मात्रै बसीदिने हो भने पनि स्पोन्सरहरु लगानी गर्न तयार रहेको उनले बताए । त्यस्तो हुनसके अझै भव्य कार्याक्रम गर्न सकिने बताउदै उनले युवाहरुमा केही गरौं भन्ने जोश,  जागर र आत्मविश्वास लाई सरकारले उपयोग गर्नुपर्ने बताए ।

डिपिएलको सन्देस :

देशको सबै भन्दा ठुलो क्रिकेट प्रतियोगिता डिपिएलले नेपालमा पनि यस किसिमका प्रतियोगिताहरु सफल रुपमा हुन् सक्छन भन्ने संदेश विश्व क्रिकेट जगतलाई दिन सफल भएको छ । विदेशी खेलाडीहरुको सहभागिताले पनि कम्तिमा सहभागी खेलाडी र उनीहरुको देशका क्रिकेट प्रेमीले नेपालमा डिपिएलको सफल आयोजनाको संदेश पाएका छन् जुन नेपाली क्रिकेटको सकरात्मक पक्ष हो । हङकङका कप्तान बबर ह्यात, युएईका कप्तान रोहन मुस्तफा जस्ता खेलाडीको सहभागिताले आउदा दिनमा अन्य देशका ठुला खेलाडीहरुको सहभागिताको पनि ढोका खुलेको छ ।

त्यस्तै नेपाली युवा खेलाडीहरुका लागि पनि यो प्रतियोगिताले राम्रो मौकाको रुपमा प्रयोग गर्ने प्लेटफर्म बनेको छ । रसैद खान, अमित श्रेष्ठ जस्ता खेलाडी डिपिएलले नै बाहिर ल्याएको छ भने लामो समयदेखि टिममा नपरेका र फर्ममा नभएका खेलाडीका लागि आफ्नो लय र फर्म देखाउने सहि अवसर बनेको छ ।

उदाहरणका लागि ज्ञानेन्द्र मल्ल, सुनिल धमला, प्रदिपसिंह ऐरी जस्ता खेलाडीले आफुलाई फेरी साबित गरेका छन् ।
   
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै