ला लिगामा आज बार्सिलोना भालेन्सियासँग खेल्दै, अबको निशाना ला लिगा र कोपा डेल रे

खरीबोट

काठमाडौँ । च्याम्पियन्स लिगबाट अप्रत्याशित रुपमा बाहिरिएपछि स्पेनिस क्लब बार्सिलोनाको अबको निशाना ला लिगा र कोपा डेल रे रहेको छ ।

बार्सिलोनाले ला लिगाको उपाधि लगभग जितिसकेको छ तर जित सुनिस्चित नहुन्जेल जे पनि हुनसक्ने हुनाले बार्सिलोनाले अब ला लिगा जितको सुनिस्चितताका लागि आफ्नो फोकस गर्ने भएको छ ।

यसै क्रममा आज राति बार्सिलोना भालेन्सियासँग खेल्दै छ । बार्सिलोनाको घरेलुमैदानमा हुने यस खेलमा बार्सिलोनाले च्याम्पियन्स लिगको हारलाई बिर्सिदै ला लिगामा आफ्नो दबदबालाई कायम राख्ने प्रयास गर्ने छ । यता भालेन्सिया भने लगातार ९ खेलमा आफ्नो अपराजित यात्रालाई जारी राख्दै बार्सिलोनालाई पराजित गरेर दोस्रो स्थानमा रहेको एथलेटिकोसँग अंक बराबर गर्न चाहन्छ ।

यस अघि बार्सिलोना र भालेन्सियाको भेट कोपा डेलरेको सेमिफाइनलमा भएको थियो । सेमिफाइनलका दुवै लिगमा बार्सिलोनाले पराजित गरेको थियो । पहिलो लिगमा १-० ले बार्सिलोनासँग पराजित भएको भालेन्सिया दोस्रो लिगमा २-० ले पराजित भएको थियो ।

यस खेलका लागि बार्सिलोनाका इभान राकीटिक भने खेल्ने छैनन् । उनको औलाको फ्राक्चर भएकाले उनि टिममा छैनन् भने कोन्टिन्हो र सर्जियो बसक्वेट भने उपलब्ध हुने छन् ।
त्यस्तै भालेन्सियाका टोनी लाटो, फ्रान्सिस कोक्वीलिन र जाभी जिमीनज उपलब्ध हुने छैनन् ।

यस खेलमा बार्सिलोनालाई घरेलुमैदानको फाइदा हुने भएपनि च्याम्पियन्स लिगको पराजयको पिडा अझै ताजै रहेका त्यसको असर देखिन सक्दछ, तर बार्सिलोना आफ्नो फुल टिमबाट यो खेल खेल्ने हुनाले भ्यालेन्सियालाई हराउन त्यति गाह्रो हुने देखिदैन् । 

बार्सिलोनाको ला लिगामा ३१ खेलमा ७९ अंकसहित दोस्रो स्थानमा रहेको एथलेटिको भन्दा ११ अंकले अगाडी रहेको छ भने भालेन्सिया ३१ खेलमा ६५ अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ । 

सम्बन्धित समाचार

जिरोनासँग रियल म्याड्रिड पराजित, रामोसले पाए रातो कार्ड  

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिड जिरोनासँग पराजित भएको छ । आज भएको खेलमा रियल म्याड्रिड आफ्नै घरेलु मैदानमा जिरोनासँग २-१ गोल अन्तरले पराजित भएको हो । जिरोनाका लागि क्रिस्टियन

मेसीको निर्णायक गोलमा बार्सिलोना विजयी 

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल भल्लाडोलिडमाथि संघर्षपूर्ण जित हासिल गरेको छ । गएराती बार्सिलोनाको आफ्नै घरेलु मैदानमा भएको खेलमा लियोनेल मेसीको एक मात्र गोलको मद्धतले बार्सिलोनाले भल्लाडोलिडमाथि

प्रशिक्षक भल्भेर्डेद्वारा बार्सिलोनासँग सम्झौता नवीकरण 

काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक इर्नेष्टो भल्भेर्डेले बार्सिलोनामा आफ्नो सम्झौता अर्को सिजनसम्मका लागि नवीकरण गरेका छन् । बार्सिलोनाले आज दिएको जानकारी अनुसार भल्भेर्डेले २०१९-२० सिजनसम्मका लागि बार्सिलोनामै बस्ने गरि सम्झौता

ग्यारेथ बेललाई ला लिगामा १२ खेलसम्मको प्रतिबन्ध लाग्न सक्ने !

काठमाडौँ । रियल म्याड्रिडबाट खेल्ने वेल्स स्ट्राइकर ग्यारेथ बेलमाथि ला लिगाका १२ खेलसम्म प्रतिबन्ध लाग्न सक्ने भएको छ । बेलले गत फेब्रुअरी ९ मा ला लिगा अन्तर्गत भएको एथलेटिको म्याड्रिडविरुद्धको म्याड्रिड


z