अमेरिकाले सवै अन्तरराष्ट्रिय मूल्यमान्यताको उलंघन गर्यो : रुस

खरीबोट
ad

मस्को ।  अमेरिकाले अन्तरराष्ट्रिय मूल्यमान्यताको उलंघन गरेर सिरियामा आक्रमण गरेको रुसले आरोप लगाएको छ । 

फ्रान्स, बेलायतलगायतका देशको समर्थन र सहयोगमा अमेरिकाले सिरियामा बम हमला गरेपछि रुसले आपत्ति जनाउँदै यस्तो आरोप लगाएको हो । 

डुमा रक्षा समितिका प्रथम उपाध्यक्ष एलेक्सनदर सेरिनले अन्तरराष्ट्रिय मूल्यमान्यता र अधिकारलाई अमेरिकाले बेवास्ता गरेको शनिबार बताए । 

अर्का उपाध्यक्ष युरी शभयत्कीनले सिरियाविरुद्ध अकल्पनीय परिणाम ल्याउनेगरी आक्रमण भएको टिप्पणी गरे । फ्रान्स, बेलायत र अमेरिकाको अहिलेको संयुक्त आक्रमणले रुससँगको सकारात्मक सम्वन्ध बनाउन कुनै फाइदा नगर्ने उनको भनाइ छ । 

रुसको विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत् सिरियामा भएको आक्रमणको निन्दा गरेका छन्  । 

सम्बन्धित समाचार

रूसद्वारा विमान आक्रमण प्रकरणमा इजरायली राजदूतसँग सोधपुछ

मस्को, रूस। रूसले सोमबार इजरायलद्वारा सिरियामा आफ्नो विमानमाथि आक्रमण गर्दा १५ जनाको मृत्यु भएको सन्दर्भलाई लिएर मङ्गलबार रूसका लागि इजरायली राजदूतसँग सोधपुछ गरेको छ ।  “सोमबार रूसी विमानमथि आक्रमण भएको र

सिरियाले खसाल्यो रुसी सैनिक जहाज 

सिरिया । सिरियाले भूलवश रुसी सैनिक जहाजलाई क्षेप्यास्त्र प्रहार गरी खसालेको छ । बीबीसीका अनुसार रुसले यसबारे जानकारी दिए पनि दोष भने इजरायलमाथि लगाएको छ ।  खसालिएको जनाजमा १५ रुसी सैनिक

लेबनानबाट दुईसय सिरियाली शरणार्थी फर्के

लेबनान । लेबनानको सिबाआ क्षेत्रबाट मङ्गलबार करिब दुईसय सिरियाली शरणार्थी आफ्नो गृहभूमि फर्केका छन । उनीहरु मस्नाआ सीमा इलाकालाई पार गर्दै आफ्नो गृहभूमि फर्केको स्थानीय समाचार समिति एनएनएले जानकारी दिएको

सिरियाको सैनिक विमानस्थलमा बिस्फोट, नौजना सिरियाली सैनिकको मृत्यु

दमास्कस (सिरिया) । सिरियाको राजधानी दमास्कस नजिकको सिरियाली सैनिक विमानस्थलमा शनिबार राति ठूलो विस्फोटन भएको छ । दमास्कसस्थित एक गैससले इजरायली आक्रमणको सम्भावना औंल्याए पनि सरकारी सञ्चार माध्यमले प्राविधिक त्रुटीका