राप्रपाका चार मन्त्रीले प्रधानमन्त्री प्रचण्डलाई बुझाए राजीनामा
खरीबोट
२०७९ फाल्गुण १३ शनिबार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् ।
शनिबार दिउँसो बालुवाटार पुगेर उनीहरुले राजीनामा बुझाएका हुन् ।
राप्रपाबाट उपप्रधानसहित ऊर्जामन्त्री राजेन्द्र लिङ्देन, सहरी विकास मन्त्री विक्रम पाण्डे, कानुन मन्त्रीमा ध्रुबबहादुर प्रधान र ऊर्जा राज्यमन्त्रीमा दीपक सिंह रहेका थिए ।
राप्रपाको आजै बिहान बसेको कार्यसम्पादन र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।