अमेरिकाले सिरियामा गरेको हवाई आक्रमणप्रति चीनद्वारा आलोचना

खरीबोट
ad

बेइजिङ  ।  अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको हवाई आक्रमणको चीनले आलोचना गरेको छ । 

चीनले सिरिया द्वन्द्वको अन्त्य हतियारको प्रयोगबाट सम्भव नहुने धारणा राख्दै अमेरिकी नेतृत्वमा शुक्रबार राति गरेको आक्रमणको आलोचना गरेको हो । 

सिरियाली प्रशासनका विरुद्ध भन्दै गरिएको बल प्रयोगले समस्याको समाधान नगर्ने जनाउँदै चीनको विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय कानूनको दायरामा फर्किन सम्वद्ध सवै पक्ष तथा मुलुकलाई आग्रह गरेको छ । 

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्नाइङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चीनले अन्तर्राष्ट्रिय सम्बन्धमा बलको प्रयोगलाई लगातार विरोध गर्दै आएका छौँ । साथै कुनै पनि मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मानको पक्षमा वकालत गर्दै आएको बताउन चाहन्छौ । ” 

सम्बन्धित समाचार

रूसद्वारा विमान आक्रमण प्रकरणमा इजरायली राजदूतसँग सोधपुछ

मस्को, रूस। रूसले सोमबार इजरायलद्वारा सिरियामा आफ्नो विमानमाथि आक्रमण गर्दा १५ जनाको मृत्यु भएको सन्दर्भलाई लिएर मङ्गलबार रूसका लागि इजरायली राजदूतसँग सोधपुछ गरेको छ ।  “सोमबार रूसी विमानमथि आक्रमण भएको र

सिरियाले खसाल्यो रुसी सैनिक जहाज 

सिरिया । सिरियाले भूलवश रुसी सैनिक जहाजलाई क्षेप्यास्त्र प्रहार गरी खसालेको छ । बीबीसीका अनुसार रुसले यसबारे जानकारी दिए पनि दोष भने इजरायलमाथि लगाएको छ ।  खसालिएको जनाजमा १५ रुसी सैनिक

लेबनानबाट दुईसय सिरियाली शरणार्थी फर्के

लेबनान । लेबनानको सिबाआ क्षेत्रबाट मङ्गलबार करिब दुईसय सिरियाली शरणार्थी आफ्नो गृहभूमि फर्केका छन । उनीहरु मस्नाआ सीमा इलाकालाई पार गर्दै आफ्नो गृहभूमि फर्केको स्थानीय समाचार समिति एनएनएले जानकारी दिएको

सिरियाको सैनिक विमानस्थलमा बिस्फोट, नौजना सिरियाली सैनिकको मृत्यु

दमास्कस (सिरिया) । सिरियाको राजधानी दमास्कस नजिकको सिरियाली सैनिक विमानस्थलमा शनिबार राति ठूलो विस्फोटन भएको छ । दमास्कसस्थित एक गैससले इजरायली आक्रमणको सम्भावना औंल्याए पनि सरकारी सञ्चार माध्यमले प्राविधिक त्रुटीका