• २०८१ बैशाख ८ शनिबार

भालेन्सियाविरुद्ध बार्सिलोनाको सहज जित, ३९ खेलमा अपराजित हुदै राख्यो नयाँ रेकर्ड 

kharibot

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भालेन्सियाविरुद्ध २-१ को जित निकालेको छ । 

शनिबार भएको खेलमा बार्सिलोनाले लुइस स्वरेज र स्यामुल उमटिटिको गोलमा जित हासिल गरेको हो ।भालेन्सियाका लागि डानी परेजोले गोल गरेका थिए । लुइस स्वरेजले यस खेलमा गोल गर्दै भालेन्सियाविरुद्ध १० गोल गरेका छन् ।

खेलको १५औ मिनेटमा लुइस स्वरेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए भने उमटिटिले खेलको ५१औ मिनेटमा गोल गरेका थिए । बार्सिलोनाका दुवै गोल फिलिप कोनटिन्होले असिस्ट गरेका थिए । 

जित पछि बार्सिलोनाको ३२ खेलमा ८२ अंक भएको छ । बार्सिलोनाले यो जितसँगै दोस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिडसँग १४ अंकको अग्रता हासिल गरेको छ । भालेन्सिया भने ३२ खेलमा ६५ अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ ।   

बार्सिलोनाले ला लिगामा ३९ खेलमा अपराजित भएको नयाँ रेकर्ड पनि राखेको छ । यस अघि रियल सोसिडाडको ३८ खेलमा अपराजित रहेको रेकर्डलाई तोडेको छ । रियल सोसिडाडले सन १९७८ देखि १९८० को बीचमा ला लिगाका ३८ खेलमा अपराजित हुदै यो रेकर्ड राखेको थियो । रियल सोसिडाडको लगभग ४० बर्षदेखिको यो रेकर्ड बार्सिलोनाले तोडेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै