विजयी लयमा फर्कियो म्यानचेस्टर सिटी, टोटनह्यामलाई पराजित गर्दै उपाधि नजिक 

खरीबोट
ad

काठमाडौं ।  इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी विजयी लयमा फर्किएको छ ।

गएराती भएको खेलमा टोटनह्यामलाई ३-१ गोल अन्तरले पराजति गर्दै सिटी विजयी लयमा फर्किएको हो ।

यस अघि च्याम्पियन्स लिगका दुवै लिगमा लिभरपुलसँग पराजित भएको सिटी गत साताको म्यानचेस्टर डर्वीमा युनाइटेडसँग ३-२ ले पराजित भएको थियो ।

जितसँगै अब सिटी प्रिमियर लिगको उपाधिका लागि सिटीले अब कम्तिमा एक खेल अझै जित्नु पर्ने देखिएको छ । आज हुने म्यानचेस्टर युनाइटेड र वेस्ट बोर्मबीचको खेलमा युनाइटेड पराजित भएमा पनि सिटीले उपाधि जित्ने छ ।

सिटीको जितमा गर्बियल जिसस, गण्डोगन र रहिम स्टर्लीङले गोल गरेका थिए । टोटनह्यामका लागि एक गोल क्रिस इरिक्सनले गरेका थिए ।

जितपछि सिटी ३३ खेलमा ८७ अंक सहित शिर्ष स्थानाम रहेको छ भने दोस्रो स्थानमा रहेको युनाइटेड भन्दा १६ अंकले अगाडी रहेको छ । त्यस्तै टोटनह्याम भने ३३ खेलमा ६७ अंकसहित लिगको चौथो स्थानमा रहेको छ ।  
 

सम्बन्धित समाचार

प्रिमियर लिगमा चेल्सी बराबरीमा रोकियो 

काठमाडौँ। इङलिश प्रिमियर लिगअन्तर्गत चेल्सी बराबरीमा रोकिएको छ। आइतबार भएको खेलमा चेल्सी वेस्टह्यामसँग बिना कुनै गोल बराबरीमा रोकिएको हो।  बराबरीसँगै चेल्सीको यस सिजनमा लगातार ५ खेलको जितको सिलसिला रोकिएको छ। चेल्सीको

घरेलु मैदानमा बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड 

काठमाडौँ। इङलिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ।  गएराती भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई उल्भरहम्पटनले १-१ गोलको बराबरीमा रोकेको हो।  युनाइटेडको घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टोली युनाइटेडले पहिलो

साउथहम्पटनमाथि लिभरपुलको सहज जित, सलाहले गरे यस सिजनमा पहिलो गोल 

काठमाडौँ। इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले साउथहम्पटनमाथि सहज जित हासिल गरेको छ। गएराती भएको खेलमा लिभरपुलले साउथहम्पटनलाई ३-० को गोल अन्तरले जित हासिल गरेको छ । लिभरपुलको जितमा मोहमद सलाह र

वाटफोर्डमाथि म्यानचेस्टर युनाइटेडको संघर्षपूर्ण जित 

काठमाडौँ।  इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले वाटफोर्डलाई पराजित गरेको छ। गएराती भएको खेलमा युनाइटेडले कडा प्रतिष्पर्धाका बीच वाटफोर्डलाई २-१ गोल अन्तरले पराजित गरेको छ।  युनाइटेडको जितमा रोमेलु लुकाकु र क्रिश