पिता रोनाल्डोलाई पछ्याउदै छोरा जुनियर रोनाल्डो, स्कुलको प्रतियोगितामा गरे धेरै गोल  

खरीबोट
ad

काठमाडौं ।  फुटबलर क्रिस्टियानो रोनाल्डोको फुटबलमा सफलता त हरेक दिन जस्तो देखिएको छ ।

यसैबीच उनका छोरा जुनियर रोनाल्डोले पनि फुटबलमा सफलता पाउन सुरु गरेका छन् ।

जुनियर रोनाल्डोले स्कुलको फुटबल प्रतियोगितामा धेरै गोल गरेबापत सुन्दर ट्रफी पाएका छन् । पिता रोनाल्डोले आफ्नो सामाजिक संजालमा जुनियर रोनाल्डोको ट्रफी सहितको तस्वीर सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।

छोराले धेरै गोल गरेको खुशी रोनाल्डोले सामाजिक संजालमा आफ्ना फ्यानहरुलाई सेयर गरेका छन् । 

पिता रोनाल्डो आफ्नो अन्तर्राष्ट्रिय क्यारियरको ६५० गोल गरेका छन् । 

क्लब र आफ्नो देशका लागि गरि कुल ६५० गोल गरेका हुन् । रोनाल्डोले गएराती स्पेनिस ला लिगामा एथलेटिको म्याड्रिडविरुद्ध गोल गर्दै आफ्नो ६५०औ गोल पुरा गरेका हुन् । 

रोनाल्डोले रियल म्याड्रिडमा सबै प्रतियोगितामा ४३१ खेल खेल्दै ४४६ गोल गरेका छन् । त्यस्तै उनले यसअघिको क्लब म्यानचेस्टर युनाइटेडमा सबै प्रतियोगितामा कुल २९२ खेल खेल्दै ११८ गोल गरेका छन् । पोर्चुगलको क्लब स्पोर्टिंगका लागि ३३ खेल खेल्दै ५ गोल गरेका छन् । यसरी रोनाल्डोले क्लब स्तरीय खेलमा अहिलेसम्म कुल ७५६ खेल खेल्दै ५६९ गोल गरेका छन् ।

त्यस्तै रोनाल्डोले पोर्चुगलका लागि अहिलेसम्म १४९ खेल खेल्दै ८१ गोल गरेका छन् जुन पोर्चुगलका लागि अहिलेसम्म धेरै गोल हो ।

यसरी रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय फुटबल क्यरिअरमा अहिलेसम्म ९०५ खेल खेल्दै कुल ६५० गोल गरेका छन् ।

रोनाल्डोले यस सिजनमा रियल म्याड्रिडका लागि ४० गोल गरेका छन् भने ला लिगामा २३ गोल गरेका छन् । त्यस्तै पछिल्लो १३ खेलमा रोनाल्डोले २४ गोल गरेका छन् ।   
 

सम्बन्धित समाचार

भलेन्सियामाथि युभेन्ट्सको जित, रातो कार्ड पाएका रोनाल्डो रुदै बाहिरिए 

काठमाडौँ। इटालियन क्लब युभेन्टसले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ। गएराती भएको खेलमा स्पेनिस क्लब भलेन्सियालाई २-० ले पराजित गर्दै यस सिजनमा विजयी सुरुवात गरेको हो।  युभेन्टसले क्रिस्टियानो रोनाल्डोलाई खेलको २९औ

युभेन्टसको जितमा रोनाल्डोको २ गोल, २८औ प्रयासमा सिरी ए मा गरे गोल  

काठमाडौँ।  इटालियन सिरी ए मा  क्रिस्टियानो रोनाल्डोले  चौथो खेलमा गोल गरेका छन्। यसै सिजन रियल म्याड्रिड छोडेर युभेन्टस गएका रोनाल्डोले आइतबार भएको खेलमा सासुओलोविरुद्ध २ गोल गरेर सिरी ए मा

रोनाल्डो बिना पोर्चुगलद्वारा इटाली पराजित, सिल्भाले गरे निर्णायक गोल 

काठमाडौँ।  युइएफ़ए नेशनल लिगमा पोर्चुगलले इटालीलाई पराजित छ। गएराती भएको खेलमा आन्द्रे सिल्भाको एक गोलको मद्धतले पोर्चुगलले इटालीमाथि १-० को जित हासिल गरेको छ।  आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बिना खेलेको

रोनाल्डो बिना पोर्चुगल क्रोसियासँग १-१ गोलको बराबरीमा, पेपेले गरे गोल 

काठमाडौँ। विश्वकपको फाइनलमा पुगेर सबैको मन जितेको क्रोसियाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलविरुद्ध १-१ को बराबरीमा चित्त  बुझाएको छ। गएराति भएको मैत्रीपूर्ण खेलमा क्रिस्टियानो रोनाल्डो बिनाको पोर्चुगलले क्रोसियालाई १-१ गोलको बराबरीमा