• २०८१ बैशाख ७ शुक्रबार

सिरिया अपडेट : अमेरिकाले भन्यो मिसन सफल भयो, रासायनिक हतियारको प्रयोग भए फेरी आक्रमण गरिने 

kharibot

अमेरिकी आक्रमण पछि सिरियाको वैज्ञानिक अनुसन्धान केन्द्रको ध्वस्त भवन, तस्बीर : एपी

वासिङटन ।  अमेरिकी रक्षा मन्त्रालयले सिरियामा अमेरिका, बेलायत, फ्रान्सले सिरियाली प्रशासन विरुद्ध गरेका सम्पूर्ण आक्रमण लक्षित स्थानमा गर्न सफलता मिलेको दावी गरेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सिरियामा आफुहरुलाई सफलता मिलेको बताएका छन् । उनले आफ्नो मिसन पुरा भएको भन्दै फ्रान्स र बेलायतलाई सहयोगका लागि धन्यवाद दिएका छन् ।

अमेरिकी आक्रमणबाट सिरियामा रसायनिक हतियारका तीन स्थानमा आक्रमण गरेको अमेरिकाले जनाएको छ । सिरियाको राजधानीमा रहेको वैज्ञानिक अनुसन्धान केन्द्र, रासायनिक हतियार राखिएको केन्द्र र अर्को स्थानमा रासायनिक हतियार सहितको आर्मी बेस क्याम्पमा हमला गरेको जनाएको छ ।

अमेरिकी आक्रमणमा कुनै मानवीय क्षति भने अहिलेसम्म नभएको जनाइएपनि सिरियाले अमेरिकी मिसाइललाई ध्वस्त गर्ने क्रममा तीन जनाको मृत्यु भएको बताइए पनि यसको पुष्टि भने भएको छैन । 

रूसले दर्जनौँ क्षेप्यास्त्रलाई बीचमा अबरोध गरेको तर हवाई आक्रमणका निशाना सही रहेका निष्कर्ष पेन्टागनको रहेको रक्षा मन्त्रालयका प्रवक्ता डाना ह्वाइटले बताएका छन् । 

‘हामी सिरियामा युद्ध चाहन्नौ तर आफ्नै नागरिकविरुद्ध लक्षित गरी बसर अल असद प्रशासनले गरेको रासायनिक हतियार आक्रमणबाट भएको अन्तर्राष्ट्रिय कानून उल्लङ्घनको घटनालाई वेवास्ता गरिरहन पनि सक्दैनौ,’ ह्वाइटले पेन्टागनमा सञ्चारकर्मीसँगको कुराकानीमा भने । हवाई आक्रमणको निशाना सही रहेको र हमलाको औचित्य कानूनतः पुष्टि भएको छ, उनले भने । 

सञ्चारकर्मीसँगको छोटो प्रतिक्रियामा लेफ्टिनेन्ट जनरल केनेथ म्याककेन्जीले सिरियाली प्रशासनको रासायनिक हतियार संरचनाका लागि प्रयोग हुँदै आएका तीनस्थानमा हमला गरिएको र निशाना सही पुष्टि भएको बताए । 

कारबाही एकदम ठीक, मजबुत र प्रभावकारी रहे, म्याककेन्जीले बताए । अमेरिकी नेतृत्वमा भएको पछिल्लो संयुक्त कारबाहीले ‘सिरियाको रासायनिक हतियार कार्यक्रम’ बर्षौ पछि धकेलिने छ, उनले थपे ।  

अमेरिकाले सिरियामा रासायनिक हतियारको प्रयोग फेरी भएको पाइएमा कुनै पनि बेला फेरी हमला गरिने स्पष्ट पारेको छ ।

यस अघि शनिबार सिरियाको ससस्त्र आर्मीले एक व्यक्तव्य मार्फत अमेरिकाले हानेका ११० मिसाइल मध्ये धेरैजसोलाई असफल बनाइएको र केहि मात्र सफल भएको उल्लेख गरिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै