हिजो र आजका कथा’ बजारमा

खरीबोट
ad

काठमाडौँ । ‘हिजो र आजका कथा’ नामक कथासङ्ग्रह बजारमा आएको छ । साहित्यकार विमल भौकाजीद्वारा सम्पादित सो सङ्ग्रहमा नेपाली साहित्यका २० स्थापित कथाकारका दुई दुई कथा छन् । डिकुरा पब्लिकेशनद्वारा प्रकाशित २९४ पृष्ठमा भुवन ढुङ्गाना, मोहनराज शर्मा, ध्रुवचन्द्र गौतम, माया ठकुरी, लक्ष्मण राजवंशी, भागीरथी श्रेष्ठ, भाउपन्थी, मञ्जु काँचुली, मनु ब्राजाकी, विश्वम्भर चञ्चल, परशु प्रधान, पद्मावती सिंह, चन्द्रकला नेवा, धु्रव सापकोटा, अनिता तुलाधर, बाबा न्यौपाने, राजेन्द्र विमल, राजेन्द्र थापा, शैलेन्द्र साकार र हरि अधिकारीका कथा छापिएका छन् । 
नेपाली साहित्यमा कथा लोकप्रिय विधामै पर्छ । गुरु प्रसाद मैनालीलाई नेपाली कथाको आदर्श मानिन्छ । क्रमशः पुष्करशम्शेर, विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षुलगायत कथाकारले कथा प्रवद्र्धनमा ठूलो टेवा दिए । 
पुस्तकमा छापिएर चर्चा कमाइसकेका र लोकप्रिय भइसकेका कथा समाविष्ट छन् जसका कथाकार हिजो र आजसम्म पनि क्रियाशील छन् । तिनको यही क्रियाशीलताको तस्वीर सो सङ्ग्रह रहेको कृतिका सम्पादक विमल भौकाजीले बताए । 
“खास गरेर कोही समीक्षक वा समालोचकले कुनै कथाको विषयमा लेखिइिसकेपछि वा बोलिदिइसकेपछि मात्र त्यसलाई पाठकले पढ्ने प्रचलन मौलाइरहेको स्थिति छ । हामीले यो कथासङ्ग्रहमार्फत पाठकलाई अलिक भिन्नै बाटो हिँडाउने प्रयास गरेका छौँ, ताकि समीक्षक–समालोचकले थोपरेको बाध्यताबाट पाठक वर्ग मुक्त होस्”, उनले भने । पुस्तकको मूल्य रु ४४५ छ ।

सम्बन्धित समाचार

काठमाडौँको कागेश्वरीमा लाखौँ भक्तजनको भीड

काठमाडौँ । प्रत्येक वर्ष भाद्रशुक्ल अष्टमीका दिन मेला लाग्ने राजधानीको उत्तर पूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा बिहानैदेखि लाखौँ भक्तजनको भीड लागेको छ । कागे अष्टमीसमेत भनिने आजका दिन यहाँ आई कागरुपी

श्रीकृष्ण प्रणामी परिषदको १२औँ राष्ट्रिय  अधिवेशन काठमाडौँमा सुरु

काठमाडौं । श्रीकृष्ण प्रणामी युवा परिषद्को १२औँ राष्ट्रिय अधिवेशन शनिबारबाट काठमाडौँको गोठाटारस्थित श्रीकृष्ण प्रणामी मन्दिरबाट सुरु भएको छ ।   शनिबार अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उद्घाटन गरेका हुन्  । सो क्रममा

काठमाडौँ चुच्चेपाटीबाट ब्राउन सुगर र नक्कली पेस्तोलसहित तीन पक्राउ

साँखु, काठमाडौँ। प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र नक्कली पेस्तोलसहित प्रहरीले शनिबार राति तीनलाई पक्राउ गरेको छ ।  लागुऔषध नियन्त्रण गर्ने उद्देश्यले शङ्कास्पद व्यक्तिलाई चेकजाँच गर्दा महानगरीय प्रहरी वृत बौद्धबाट खटिएको टोलीले

बलिवुड अभिनेता गोविन्द काठमाडौँमा !

      काठमाडौँको राष्ट्रिय सभागृहमा आइतबार आयोजना हुने सीजी सर्कल अवार्डमा सहभागी हुन नेपाल आएका भारतका नायक गोविन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्वीर : प्रदीपराज वन्त, रासस