• २०८१ बैशाख ११ मंगलबार

टर्की भूकम्पको २१ दिनपछि घोडाको उद्धार (भिडियोसहित)

kharibot

काठमाडौँ । टर्कीमा भूकम्प गएको २१ दिनपछि एउटा घोडाको उद्धार गरिएको छ । घोडालाई २७ फेब्रुअरीमा भग्नावशेषबाट बाहिर निकालिएको थियो ।

अहिले यसको भिडियो भाइरल भइरहेको छ । टर्की–सिरियामा फेब्रुअरी ६ मा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । हालसम्म कुल ५१ हजार ३२५ जनाको मृत्यु भइसकेको छ । टर्कीको आदियामान भूकम्पबाट सबैभन्दा बढी प्रभावित सहर हो ।

टर्कीका व्यापारी तानसु येगेनले घोडाको उद्धारको भिडियो सेयर गरेका छन् । उनले लेखेका छन्- अचम्मको कुरा, उद्धार टोलीले २१ दिनपछि घोडालाई जिउँदै निकाल्यौं ।

टर्की र सिरियामा फेब्रुअरी ६ मा बिहान ३ वटा ठूलो भूकम्प गएको थियो । टर्की समय अनुसार पहिलो भूकम्प बिहान ४ बजे (७.८), दोस्रो बिहान १० बजे (७.६) र तेस्रो दिउँसो ३ बजे (६.०) मा गएको थियो। भूकम्पको केन्द्रबिन्दु टर्कीको गाजियनटेप सहर थियो । यो सिरिया सीमाबाट ९० किलोमिटर टाढा छ। त्यसैले यसको वरपरका क्षेत्रमा थप विनाश भएको थियो। टर्कीमा हालसम्म ४५ हजार ८९ जनाको ज्यान गएको छ । सिरियामा ५ हजार ९५१ जनाको मृत्यु भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै