• २०८१ बैशाख ७ शुक्रबार

एक व्यक्ति ६० बच्चाका पिता, पार्टीमा जमघट हुदा खुल्यो रहस्य !

kharibot

काठमाडौँ । अहिले अस्ट्रेलियाका स्पर्म डोनर आफ्नो ठगीका कारण विश्वभर चर्चामा छन् । वास्तवमा ठगी गरेर यो व्यक्ति शुक्रकीट दान गरेर ६० बच्चाको पिता बनेका छन् ।

यति मात्र होइन, सबै ६० बालबालिकाको अनुहार उस्तै रहेको छ । एकै ठाउँमा नभेटेसम्म यी बालबालिकाको एउटै पिता भएको रहस्य गोप्य नै रह्यो । यी सबै केटाकेटीहरू एक पार्टीमा गए । जहाँ सबै बालबालिकाको एउटै अनुहार देखेर अभिभावकहरु चकित भए । यसपछि थाहा हुन थाल्यो यो कसरी भयो ? यो देखेर सबैजना अस्पताल पुगे र यो रहस्य सुल्झाउन थाले । त्यहाँ आमाबुवालाई थाहा भयो कि सबैका बुवा एउटै व्यक्ति हुन् ।

यस विषयको अनुसन्धान गर्दा यो व्यक्तिले एलजीबिटिक्यू समुदायका धेरै सदस्यहरूलाई आफ्नो शुक्रकीट दान गरेको पत्ता लाग्यो । जहाँ यो देशको कानुनले एक पटकमा एकजना दाताको शुक्रकिट मात्र प्रयोग गर्न पाइन्छ भनिएको छ । तर आफ्नो पहिचान लुकाएर उनले आफ्नो शुक्रकीट धेरै अभिभावकलाई ४ फरक नाम दिएर दान गरेको पाइएको छ ।

गत वर्ष बेलायतमा शुक्रकीट दान गरेर एक शिक्षक १२९ सन्तानको पिता बनेको घटना बाहिर आएको थियो ।

आजकल विश्वका विभिन्न देशमा शुक्रकीट दान गर्ने बैंक स्थापना भइरहेका छन्, कतिपय बैंकले शुक्रकीट सङ्कलनका लागि दातालाई एकमुष्ट रकम समेत तिर्ने गरेका छन् ।

डेली मेलको रिपोर्ट अनुसार डर्बीको चेडेस्डेनमा बस्ने ६६ वर्षीय शिक्षक क्लाइभ्स जोन्सले ५८ वर्षको उमेरमा फेसबुकमार्फत शुक्रकीट दान गर्न थालेका थिए । तर उनले त्यसको लागि कुनै पैसा लिएनन् । अर्थात् स्वैच्छिक रक्तदाताको रूपमा काम गर्थे । यद्यपि, यस प्रकारको कामले बेलायतमा धेरै नैतिक प्रश्नहरू खडा गरेको छ ।

त्यस्तै चीनमा पहिलो पटक जनसंख्या घटेको छ र यहाँ वृद्धवृद्धाको संख्या तीव्र गतिमा बढिरहेको छ । यस्तो अवस्थामा घट्दो जन्मदरलाई रोक्न सरकारले नै शुक्रकीट दानलाई प्रोत्साहन गर्न थालेको छ, जसका लागि शुक्राणु दान बैंक स्थापना गरिएको छ ।

चीनको राजधानी बेइजिङलगायत धेरै शहरहरूमा शुक्रकीट दान क्लिनिकहरूले स्थानीय विश्वविद्यालयका विद्यार्थीहरूलाई शुक्राणु दानका लागि अपील गरिरहेका छन् । यान्नान प्रान्तमा २० देखि ४० वर्ष उमेर समूहका मानिसबाट शुक्रकीट प्राप्त भइरहेको छ ।

विशेष कुरा के छ भने चीनमा शुक्रकीट दान गर्दा पनि धेरै पैसा पाइन्छ । दाताको पहिले स्वास्थ्य परीक्षण हुन्छ र सबै ठीकठाक भएमा करिब ५ हजार युआन दिने सरकारले नीति लिएको छ । यसरी एक व्यक्तिले पैसा लिएर ८ देखि १२ पटकसम्म शुक्रकीट दिन सक्ने बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै