• २०८१ बैशाख ७ शुक्रबार

उत्तर कोरियाका विषयमा छलफल गर्न चिनियाँ विदेशमन्त्री टोकियोमा

kharibot

टोकियो । उत्तर र दक्षिण कोरियाका कार्यकारी अधिकारीबीच केही समययता वार्ता जारी रहेका बेला उत्तर कोरियाको विषयलाई लिएर चिनियाँ विदेशमन्त्री जापान पुगेका छन  । 

दुई कोरियाबीच कार्यकारिणी तहका अधिकारीबीच पनि पछिल्ला केही समययता वार्ताहरु जारी नै रहेका बताइएको छ । चिनियाँ विदेशमन्त्रीले उत्तर कोरियाको विषयमा वार्तागर्न भन्दै जापान भ्रमण सुरु गर्नुभएको टोकियोबाट प्राप्त समाचारमा जनाइएको छ । 

यी अधिकारीहरुबीच कोरियामा केही समयअघि भएको शीतकालीन ओलम्पिक खेलकूदको बारेमा समीक्षा गर्नुकासाथै दुई देशबीच आगामी दिनमा हुने भनिएको द्विपक्षीय उच्चस्तरीय वार्ताको तयारीको बारेमा पनि छलफल भइरहेको बुझिएको छ । 

सो कुराको जानकारी दक्षिण कोरियाको राष्ट्रिय एकता मन्त्रालयले शुक्रबार मात्र दिएको थियो । उक्त मन्त्रालयका अनुसार दुई कोरियाका कार्यकारी तहका व्यक्तिहरुबीच केही दिनयता दुई चरणमा वार्ता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी शनिबार जापान पुगेका हुन । उनले शनिबारै जापानी विदेशमन्त्री एवम् वाङ्का समकक्षी तारो कोनोसँग भेटवार्ता गर्ने बताइएको छ । 

गएको जनवरी महिनामा मात्र जापानी प्रधानमन्त्री कोनो चीन पुगेका थिए । उनी र चिनियाँ विदेशमन्त्री वाङबीच बेइजिङमा पनि कुराकानी भएको थियो । यस पटकको भ्रमण विशेषगरी उत्तर र दक्षिण कोरियाबीच बिकसित पछिल्लो घटनाक्रमबारेमा केन्द्रित हुने पनि बताइएको छ । गएको फेब्रुअरी ९ देखि १८ सम्म दक्षिण कोरियामा सम्पन्न भएको ओलम्पिक खेलकूदमा उत्तर कोरियाली प्रतिनिधिको सहभागिताबाट दुई कोरियाबीचको सम्बन्धमा पछिल्लो समयमा केही सुधार आएको महसुश गरिएको छ । 

हालैमात्र उत्तर कोरियाली नेता किम जोङ उनले चीनको भ्रमण गरेका थिए  । दुर्लभमध्येको एक मानिएको उनको सो भ्रमणको व्यापक मात्रामा विश्वमा नै चर्चा भएको थियो । उक्त भ्रमणपछि दुई कोरियाबीच अर्काे एक महत्वपूर्ण उच्चस्तरीय द्विपक्षीय भ्रमणको पनि आदानप्रदान भएको छ । सो भ्रमणपछि यसै महिनाको अन्तिमतिर उत्तर र दक्षिण कोरियाबीचको उच्चस्तरीय सम्मेलन हुने तय भएको बताइएको छ । 

त्यसैगरी अमेरिका र उत्तर कोरियाबीच पनि औपचारिक भेटवार्ता हुने समाचार यसअघि नै आएको थियो । उत्तर कोरियाली नेता उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मे महिनामा यस्तो भेटवार्ता हुन लागेको कोरियाली अधिकारीहरुको भनाई छ । यीनै विषयहरुमा चिनियाँ विदेशमन्त्रीको जापान भ्रमण केन्द्रित हुने भएको अनुमान गरिएको समाचारहरुमा जनाइएको छ । 

इस्ट चाइना सि देखि लिएर अरु पनि केही सीमासम्बन्धी विवादमा रहेका चीन र जापानबीचको यो द्विपक्षीय वार्तालाई पनि महत्वका साथ हेरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै