• २०८१ बैशाख १२ बुधबार

गणतन्त्र र धर्मनिरपेक्षता जोगाउन राष्ट्रपतिमा पौडेललाई मतदान गर्छौं- चित्रबहादुर केसी

kharibot

बागलुङ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र र धर्मनिरपेक्षता जोगाउन राष्ट्रपति निर्वाचनमा कांग्रेस नेता रामचन्द्र पौडेललाई मतदान गर्ने बताएका छन् ।

राजमोको सातौं जिल्ला सम्मेलन उद्घाटन गर्दै केसीले राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई मत दिने बताएका हुन् ।

अध्यक्ष केसीले अहिले संसद् विघटनविरुद्ध उत्रेका शक्तिहरु एक भएको टिप्पणी गरेका छन् । उनले भने- ‘वामपन्थीका हिसाबले केपी ओली नजिक छन्, तर एजेन्डाले शेरबहादुर नजिक भए । लोकतन्त्र बचाउनुपर्छ, बहुदलीय प्रणाली र धर्मनिरपेक्षता जोगाउनु पर्छ भन्नेमा कांग्रेसमा इमान्दारिता देखियो ।’ केसीले ओलीलाई राजावादीसँग साँठगाँठ गरेको आरोप लगाउदै राजतन्त्र फर्काउने एजेन्डामा कार्यकर्ता पठाउने काम ओलीले गरेको बताए ।

उनले पार्टीको केन्द्रीय सदस्य नै राजा बोकेर हिडेपछि पार्टी नेतृत्वको वास्तविकता छर्लङ्ग भएको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै